मुख्य समाचार
डलरमा नयाँ रेकर्ड, कमजोर बन्दै रुपैयाँ
डलरमा नयाँ रेकर्ड, कमजोर बन्दै रुपैयाँ

— अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर लगातार कमजोर बन्दै गएको छ । डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७५ रुपैयाँ तोकेको छ । जुन यसअघि मंसिर २० को उच्च मूल्यभन्दा पनि तीन पैसाले बढी हो । त्यस्तै, खरिददर १३३.१५ रुपैयाँ पुगेको छ ।

पछिल्लो महिनायता डलरको भाउ निरन्तर उकालो लागिरहेको छ । यसको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र बढ्दो ब्याजदर हो । अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ । गत जुलाईमा अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च थियो । यस्तोमा लगानीकर्ता डलरतर्फ आकर्षित हुने भएकाले माग बढ्न गई डलर बलियो बन्छ भने अरू मुद्रा कमजोर हुन्छन् । मुद्रास्फीति घट्दो क्रममै रहे पनि अपेक्षा भन्दा बढी नै रहेकाले त्यससँग जुध्न पनि फेडले अझै ब्याजदर बढाउने विज्ञहरूको अनुमान छ ।


डलर बलियो वा कमजोर बन्दा नेपाली मुद्रामा प्रत्यक्ष असर भने पर्दैन । तर त्यसको असर भारतीय मुद्रामा पर्ने र भारुको असर नेपाली मुद्रामा पर्ने हो । नेरु र भारुबीच भने स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुँदै आएको छ । अहिले पनि त्यही भएको हो ।

बुधबार साँझ ७ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८३.४० पुगेको छ । यसअघि नोभेम्बर २२ मा विनिमय दर हालसम्मकै उच्च ८३.५५ भारु थियो । राष्ट्र बैंकका अनुसार गत असोज मसान्तमा डलरसँग नेपाली रुपैयाँ १.३४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो ।

असोज मसान्तमा १ डलरको खरिद विनिमय दर १३२.९५ रुपैयाँ पुग्यो । गत असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ थियो । गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ उकालो लागिरहेको छ । डलर बलियो बन्दा नेपाललाई लाभ पनि छ । बढी लाभ रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा रेमिट्यान्स बढ्छ भने रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।


रेमिट्यान्स र एफडीआईमा सुधार हुँदा मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्न थालेको भए पनि अपेक्षाअनुसार भित्र्याउन सकिएको छैन र निर्यात बढाउने सम्भावना पनि नदेखिएकाले डलर बलियो बनिरहँदा नेपालले यी क्षेत्रबाट लाभ लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...