— खराब लयबाट गुज्रिरहेको बार्सिलोनाको जितविहिन यात्रा शनिबार तेस्रो खेलसम्म पुगेको छ । भ्यालेन्सियाले स्पेनी ला लिगामा उसलाई १–१ को बराबरीमा रोकेको हो । लिगमा जिरोनासँग पराजित भएयता बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा पनि रोयल एन्ट्रपविरुद्धको खेल गुमाएको थियो ।
जाओ फेक्सिको गोलले ५५ औं मिनेटमा बार्सिलोनाले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । खेलको ७० औं मिनेटमा ह्युगो गुलमनले बराबरी गोल फर्काए । यो नतिजापछि बार्सिलोना ३५ अंमा तेस्रो स्थानमा उक्ले पनि शीर्ष स्थानमा रहेको जिरोनना भन्दा छ अंकले पछाडि परेको छ ।
शनिबारकै अर्को खेलमा एटलेटिको म्याड्रिड एथलेटिको बिलबाओको हातबाट २–० ले पराजित रह्यो । हारले ३४ अंकमा एटलेटिको चौथो स्थानमा झरेको छ । अन्य खेलमा सेल्टा भिगोले ग्रेनेडालाई १–० ले हरायो भने गेटाफे सेभियामाथि ३–० को जित निकाल्न सफल रह्यो ।