— इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको खराब लय शनिबार पनि यथावत रह्यो । उसको उपाधि रक्षा गर्ने अभियानमा अर्को धक्का दिंदै क्रिस्टल प्यालेसलले इतिहाडमा २–२ को बराबरी निकालेको छ ।
प्यालेसका लागि माइकल ओलिसले ९५ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
सिटीले ज्याक ग्रेलिस र रिको लेविसको गोलले २–० को अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न भने सकेन् । खेल सकिन १४ मिनेट अगाडि जियान–फिलिपे माटेटाले प्यालेसका लागि पहिलो गोल फर्कायता ओलिसले बराबरी गोल गरेका हुन् । यो नतिजापछि सिटी ३४ अंकमा चौथो स्थानमा रह्यो ।
शनिबारका अन्य खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–०, न्युकासल युनाइटेडले फुलहमलाई ३–० र एभरटनले बर्नलीलाई २–० ले हरायो । बर्नमाउथ र लुटन टाउनबीचको खेल भने ६५ औं मिनेटमा रोकिएको छ । लुटनका कप्तान टम लकरी मैदानमै ढलेपछि खेल अगाडि बढ्न सकेन् । उनलाई ‘कार्डियाक एरेस्ट’ भएको क्लबले जनाएको छ ।