मुख्य समाचार
स्विफ्टको अविश्वसनीय वर्ष
स्विफ्टको अविश्वसनीय वर्ष

— टेलर स्विफ्टको सबैभन्दा मिल्ने साथीमा पर्छिन्, सेलेना गोमेज । डिसेम्बर १३ मा पर्छ, स्विफ्टको जन्मदिन । त्यो भनेको अस्ति मात्रै । त्यही मौका छापेर गोमेजले इन्स्ट्राग्रामको स्टोरीमा लेखिन्, ‘शुभकामना ती देवीलाई, जसको नाम हो, टेलर स्विफ्ट’ । यो जत्तिको मीठो शुभकामना अरू हुनै सक्दैन । साँच्चै स्विफ्टको छवि ‘सिङगिङ गडेस’ का रूपमा हुन थालेको छ, तिनको सफलता, लोकप्रियता, प्रभाव र छविका लागि ।

उनले आफ्नो जन्मदिन पारेरै न्युयोर्कमा एउटा भव्य रात्रिभोजको कार्यक्रम पनि राखिन् । त्यसमा उनको नजिकका लगभग सबै सेलेब्रिटी उपस्थित थिए, तिनै गोमेजलाई छाडेर । असाध्यै विशेष काम परेको थियो भनिन्छ, गोमेजको । त्यसो त त्यो रात्रिभोजमा गोमेजका ब्वाइफ्रेन्ड ट्रेभिस केल्सी पनि उपस्थित थिएनन् । खेलाडीलाई आफ्नो प्रेमी बनाएपछि यस्तै त हुन्छ । कानसास सिटीका यी फुटबल खेलाडी टिमसँग अनिवार्य अभ्यासमा संलग्न थिए । एनएफएल सिजनको अन्त्य हुँदै छ, उपाधिको होड चर्को छ, केल्सीले समय मिलाउनै सकेनन् ।


तर यसले स्विफ्टको जन्मदिनलाई कति नै धक्का पुग्छ र ? आजभोलि यी गायिका र गीतकार खुबै खुसी छिन् । उनका लागि सन् २०२३ खुबै अविश्वसनीय सावित भएको छ । उनले चिताउँदै नचिताएका केही सुखद मोड पनि आएका छन्, यो वर्ष । त्यसैले त जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन्, ‘यो वर्ष यस्तै हुन्छ भनेर त सोचकै थिइनँ । साँच्च भयो त ? जन्मदिनमा शुभकामना दिने सबैलाई धेरै धेरै धन्यवाद ।’

स्विफ्टले यही मौका पाएर आफ्ना प्रशंसक र समर्थकहरूलाई निराश पनि पारिनन्, उल्टै गज्जबको उपहार दिइन् । र, त्यो थियो, ‘एराज टुर’ फिल्मको डिभिटल रिलिज । सन् २०२३ उनका लागि गज्जब सावित भएको दुई प्रमुख कारण रहे । त्यसमध्ये यो टुरको अपार सफलता एक भयो । स्विफ्टको कन्सर्ट टुर यसपल्ट वास्तवमै अत्यधिक सफल रह्यो । धेरै संगीत पण्डितहरूले यसलाई सनसनीपूर्ण भनेर व्याख्या गरेका छन् । यससँग जोडिएका तथ्यांकले पनि यस्तै भन्छ ।

उनले केही नभए पनि ६० शो गरिन् । त्यसबाट उठेको रकम हो, एक अर्ब डलर । यो त धेरै नै भयो । पोलस्टारका अनुसार त यो नयाँ कीर्तिमान नै हो, एउटा टुरले यति धेरै कमाएको अर्थमा । खासमा उनको सफलताले पूरा संगीत उद्योगलाई पनि उत्तिकै खुसी बनाएको छ । कुरा के हो भन्दा कोरोना भाइरस संक्रमणको महामारीले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित पार्‍यो । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा कन्सर्ट उद्योग पनि थियो, एकाध वर्षको समय त चुपचाप नै चल्यो ।


कन्सर्ट गर्न सक्ने न स्थिति थियो, न त समय नै । तर सन् २०२३ आइपुग्दा यो समस्या मात्र टरेन, बरु उल्टै कन्सर्ट उद्योगले ‘बम्पर’ व्यवसाय गर्‍यो । त्यसमै सबैभन्दा अगाडि रह्यो, स्विफ्टको ‘एराज टुर’ । कन्सर्ट उद्योगसँग जोडिएर निस्केका तथ्यांकअनुसार यसपल्ट सयभन्दा बढी सांगीतिक ठूल्ठूला विश्व टुरको आयोजना गरिए । त्यसले सात विलियन डलरभन्दा बढीको व्यवसाय गर्‍यो । यो त सन् २०२२ को तुलनामा अत्यधिक धेरै हो, ४६ प्रतिशतभन्दा बढीले । त्यसमा सबैभन्दा सफल तीन टुर रहे । एक गायिका वियोन्सेको । अर्को रक स्टार ब्रुस प्रिङ्सटिनको । यी दुवैभन्दा पनि अगाडि रह्यो, स्विफ्टको टुर । उनी जहाँ जहाँ गइन्, पूराका पूरा रंगशाला भरिभराउ थियो । उनको कन्सर्टको एउटा ठूलो विशेषता के हुने गरेको छ भने स्विफ्टले गाउने मात्र गर्दिनन्, नाच्ने पनि गर्छिन् । उनको नृत्य पनि उत्तिकै आकर्षक छ । त्यसमाथि स्विफ्ट आफैंमा सुन्दर छिन्, अत्यधिक हिसी परेकी छन् । त्यसैले पनि उनको कन्सर्ट बढी बिकेको हुन सक्छ, त्यो पनि सस्तोमा सय डलर टिकट मूल्यको ।

अब दोस्रो कारण, स्विफ्टका लागि सन् २०२३ साँच्चै सम्झनालायक रहनुमा । टाइम म्यागाजिनले उनलाई सन् २०२३ को वर्ष व्यक्ति घोषित गरेको छ । साता दिनभन्दा बढी भइसकेको छ, टाइमले यसै मौकामा अंक निकालेको । तर चर्चा भने सकिएको छैन, उल्टै बढ्दै छ । त्यति बेला पनि स्विफ्टले भनेकी थिइन्, ‘म साह्रै गौरव महसुस गरिरहेकी छु । मलाई यसले धेरैभन्दा धेरै खुसी पनि दिएको छ ।’ सबैलाई थाहा छ नै, टाइमले वर्ष व्यक्तित्व चुन्नुको पनि ठूलै महत्त्व र अर्थ छ ।

टाइमले स्विफ्टमै केन्द्रित रहेर एउटा लामै लेख पनि लेखेको छ । त्यसमा भनिएको छ, ‘कलाकारका रूपमा स्विफ्टका उपलब्धिहरू धेरै छन् । तिनको सांस्कृतिक प्रभाव, समालोचनात्मक प्रशंसा र व्यावसायिक सफलता कति धेरै छ भने यसको गणना पनि गर्नु व्यर्थ हुन्छ । पप स्टारका रूपमा स्विफ्टको स्थान अब एल्भिस प्रिस्ले, माइकल ज्याक्सन र म्याडोना बराबरको छ ।’

यो व्याख्याले धेरै भन्छ पनि । स्विफ्टको प्रभाव कतिभन्दा प्रिस्ले, ज्याक्सन र म्याडोना बराबर । यो त भयो गायिकाका रूपमा । अब गीतकारका रूपमा टाइमले स्विफ्टको तुलना बब डिलन, पल म्याकार्टनी र जोन मिचेलसँग गरेको छ । व्यावसायिक रूपमा पनि उनको साम्राज्य अर्ब डलरभन्दा माथि छ । महिला त हुन नै, त्यसैले पनि उनले बोल्दा त्यसको अर्थ र प्रभाव उच्च छ । चाहे त्यो राजनीतिक र सामाजिक धारणा नै किन नहोस् । उनले के खान्छिन् र के लगाउँछिन्, त्यसको पनि उत्तिकै अर्थ हुने गरेको छ ।

टाइमले लेखेको छ, ‘स्विफ्टले लामो समयदेखि सबैको ध्यान आफूमा खिचिरहेकी छन् र उनलाई थाहा छ, यसलाई ठीक ठाउँमा कसरी प्रयोग गर्ने भनेर ।’ अझ टाइमले त उनलाई विश्वकै त्यस्तै एक मुख्य पात्र भनेको छ, जसका राजनीतिक धारणाले पनि धेरै प्रभाव पार्न थालेको छ । भनेपछि एउटा गायिका र गीतकारले पनि पूरा विश्वलाई कति धेरै प्रभावित पार्न सक्ने हुने रहेछ त ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...