मुख्य समाचार
यी हुन् वर्ष २०२३ का दश उत्कृष्ट हलिउड फिल्म, शीर्षस्थानमा ‘पुअर थिंग्स’
यी हुन् वर्ष २०२३ का दश उत्कृष्ट हलिउड फिल्म, शीर्षस्थानमा ‘पुअर थिंग्स’

। सन् २०२३ बिदाइको संघारमा छ । नयाँ वर्षको स्वागतमा विश्व जुटेसँगै फिल्म र संगीतको चर्चा पनि उत्तिकै हुनेगर्छ । गोल्डेन ग्लोबले मनोनयन सार्वजनिक गरेसँगै अवार्ड सिजन पनि सुरु भयो ।

यतिबेला अन्तर्राष्ट्रिय संचारमाध्यमले सन् २०२३ का उत्कृष्ट फिल्म, सिरिज, पुस्तक, संगीतको सूची सार्वजनिक गर्न थालेका छन् । यो सूचीले आगामी फिल्म अवार्डको सिजनलाई प्रभावित तुल्याउने पक्का छ ।

हलिउडको भेराइटी म्यागजिनले सन् २०२३ का उत्कृष्ट १० फिल्मको सूची सार्वजनिक गरेको छ । यो सूचीमा समावेश फिल्म कतिपय हलमा रिलिज भए भने कतिपय ओटीटी प्लाटफर्ममा आएका छन् ।

भेराइटीले तयार पारेको वर्षका उत्कृष्ट फिल्मको सूचको शीर्षस्थानमा एमा स्टोन र मार्क रफेलो स्टारर ब्ल्याक-कमेडी-फेन्टासी फिल्म ‘पुअर थिंग्स’ समावेश छ । यो फिल्मले आत्म खोज र यौन मुक्तिका लागि एक महिलाले गरेको संघर्षको कथा भन्छ । भेनिसमा प्रिमियर भएको यो फिल्मले गोल्डेन लायन अवार्ड पनि जितेको थियो ।

सूचीको दोस्रो स्थानमा ‘ओपेनहाइमर’ छ । क्रिस्टोफर नोलन निर्देशित यो फिल्मले आणविक बमको विकास गर्ने अमेरिकी वैज्ञानिक रोबर्ट जे ओपेनहाइमरको कथा पेश गर्छ । फिल्ममा सिलियन मर्फीले ओपेनहाइमरको भूमिका निर्वाह गरेका छन् ।

सूचीको तेस्रो स्थानमा ‘चिकेन फर लिन्डा’ छ । यसवर्षको कान्समा प्रिमियर भएको यो फिल्म आमा र छोरीको सम्बन्धको कथावस्तुमा बनेको एनिमेटेड फिल्म हो । छोरी लिन्डालाई अन्यायपूर्ण सजाय दिएकोमा दोषी महसुस गरेकी आमा र छोरी हड्तालको दिनमा कुखुरा खोज्न निस्किएको कथामा फिल्म बनेको छ ।

चौंथो स्थानमा ‘पास्ट लाइभ्स’ छ । यो रोमान्टिक ड्रामालाई सेलिन सङले निर्देशन गरेकी हुन् । यो फिल्मले २४ वर्षको अवधिमा दुई बाल्यकालका साथीलाई पछ्याउँछ । उनीहरु अघि बढ्दै जाँदा र फरक प्रकृतिको जीवन बिताउने क्रममा सम्बन्धलाई पुनर्विचार गर्छन् । निर्देशक सङकै जीवनका घटनालाई समेटेर फिल्म लेखिएको भनिएको छ ।

सूचीको पाँचौं स्थानमा भुटानको फिल्म ‘मंक एण्ड द गन’ छ । भुटानबाट यसवर्षको ओस्कारका लागि यो फिल्म सिफारिस भएको छ । पाओ चोनिङ दोर्जी निर्देशित यो फिल्मले हतियार खोज्न अमेरिकादेखि भुटान पुगेको पात्रको कथा भन्छ । तर, उक्त हतियार एक बौद्ध भिक्षुसँग हुन्छ । कथावस्तु हतियार वरपर घुमेको छ ।

जस्टिन ट्रिएट निर्देशित कान्समामा अवार्ड जितेको ‘एनाटोमी अफ अ फल’ सूचीको छैटौं स्थानमा छ । फ्रान्सको कोर्टरुम ड्रामा–थ्रीलर यो फिल्मले एक आपराधिक मुद्दाको जटिलतामार्फत हामी कसरी सत्यको धारणा सिर्जना गर्छौं भन्ने अस्पष्टता अन्वेषण गर्दछ ।

सूचीको सातौं स्थानमा अमेरिकी बायोग्राफिकल ड्रामा ‘ओरिजिन’ छ । यो फिल्मको कथाले अमेरिकी दासत्वको हिंसात्मक नतिजालाई होलोकास्ट र भारतको जाति व्यवस्थासँग जोडेको छ ।

आठौं स्थानमा रहेको फिल्म ‘मे डिसेम्बर’ एक ड्रामा हो नाताली पोर्टम्यान, जुलियाना मुर्रे जस्ता स्टार छन् । नवौं नम्बरमा ‘द होल्डओभर्स’ र दशौं स्थानमा ‘द टेस्ट अफ थिंग्स’ छन् ।

भेराइटीले मार्टिन स्कोरसिजको चर्चित फिल्म ‘किलर्स अफ द फ्लावर मुन’लाई यो सूचीमा सार्वजनिक गरेको छैन । भेराइटीका अर्का समीक्षक ओवेन ग्लेबरम्यानको अर्को सूचीमा भने शीर्षस्थानमा ‘ओपेनहाइमर’ छ । उनले ‘माएस्ट्रो’लाई पनि यहाँ समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...