मुख्य समाचार
पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति
पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

: सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।


बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।


पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको ...
। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन । मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा ...
। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ । निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ...
। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् । सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् । पर्दामा ...
। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ । तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको ...