मुख्य समाचार
६० जना बढी आप्रवासी बोकेको डुंगा दुर्घटना
६० जना बढी आप्रवासी बोकेको डुंगा दुर्घटना

: फ्रान्सबाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुंगा फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन्।


डुंगामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।


एक आप्रवासी डुंगा तटबाट आठ किलोमिटरभन्दा कम दूरीमा कठिनाईमा रहेको जानकारी फ्रान्सेली समुद्री उद्धारकर्मीलाई रातको समयमा जानकारी दिएपछि तत्काल उद्धार प्रयास थालिएको थियो। स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन्।

चालक दलले आप्रवासी डुंगा तैरिन मद्धत गर्ने ट्युबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी ‘पानीमा’ हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए। फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुंगा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

हरेक वर्ष दसौं हजार मानिसहरूले फ्रान्सबाट सानो डुंगामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँर्दै बेलायत पुग्ने गर्छन्। च्यानलले आप्रवासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ।

अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुंगा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो। गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुंगा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो।

सोही च्यानलमा यात्रा गरिरहहेका समय यसै वर्षको अगष्टमा सानो डुंगा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो। फ्रान्सेली अधिकारीहरूका अनुसार डुंगाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ।

नोभेम्बरको अन्त्यसम्म चलेको बेलायती सरकारी तथ्यांकअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन्। गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...