मुख्य समाचार
भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात
भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात

। भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ ।

संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए ।

यता तातो पानी भन्सार कार्यालयले पनि चीनबाट नेपाललले प्याज आयात थालेको पुष्टि गरेको छ ।
तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयनन्द केसीले आजै मात्रै प्याज बोकेको २ वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको बताए ।

‘भन्सार जाँच पास हुन बाँकी छ, तर प्याज बोकेका कन्टेनर नेपाल आउन थालेका छन्,’ केसीले भने, ‘परिमाण यकिन भइसकेको छैन ।’

आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले प्याज आयातकर्ताबारे भने थप खुलाउन चाहेन ।

संघका महासचिव गजुरेलकाअनुसार भारतको प्रतिबन्धपछि चिनीयाँ बजारको प्याज नेपाल ल्याउन सक्ने/नसक्नेबारे छलफल भएको थियो ।

तर, चीनतर्फबाट लसुन आयात गर्ने व्यवसायीहरुले प्याज पनि ल्याउन सम्भव भएपछि आयात प्रक्रिया सुरु गरिएको बताए ।

‘चीनबाट १०० टन प्याज आयात सुरु भएको छ,’ गजुरेलले भने, ‘केरुङबाट काठमाडौंका लागि आयात गरिएका प्याज बोकेका गाडी नेपालतर्फ हिंडिसकेका छन् ।’

उनका अनुसार भारतको बजारमा भन्द चिनियाँ प्याज ठूला आकारमा छन् ।

चीनबाट प्याजको आयात सुरु हुने बित्तिक्कै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको दाबी छ ।

भारतको प्रतिबन्ध पछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो । यस अघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो ।

तर, भन्सार जाँचपास प्रक्रिायामा रहेको केही प्याज आयात भएका कारण अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार बिकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य १७० रुपैयाँ हाराहारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...