पाकिस्तानमा इमरान खान समर्थकले गरे 'भर्चुअल' शक्ति प्रदर्शन
पाकिस्तानमा इमरान खान समर्थकले गरे 'भर्चुअल' शक्ति प्रदर्शन

— पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्‍याली) आयोजना गरे । खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्‍याएको विरोधमा ‘भर्चुअल पावर शो’ आयोजना गरेको जनाएको छ ।

डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा आइतबार सोसल मिडिया प्लाटफर्म चलाउन गाह्रो भएको प्रतिक्रिया दिएका थिए । इन्टरनेट 'स्लो' भएको र सोसल मिडिया प्लाटफर्म नखुलेकोबारे उनीहरूले गुनासो गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यसबारे पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।


आउँदो फेब्रुअरी ८ मा पाकिस्तानमा हुन लागेको राष्ट्रिय चुनावलाई मध्यनजर गर्दै पीटीआईले स्थानीय समयअनुसार आइतबार राति १० बजेबाट अनलाइन र्‍याली गरेको हो । युट्युबमा लाइभ गरिएको उक्त र्‍यालीमा हालसम्म १५ लाखभन्दा बढी भ्युज छ । र्‍यालीलाई सम्बोधन गरेका पीटीआईका अध्यक्ष गोहर खानले आफूहरूको 'पावर शो'लाई लक्षित गरेर सरकारले ‘इन्टरनेट क्र्याकडाउन’ गरेको आरोप लगाएका थिए । खैबर पख्तूनख्वाका अर्थमन्त्री समेत रहेका पीटीआई नेता तैमुर झाग्राले पार्टीको बढ्दो लोकप्रियतासँग डराएर इन्टरनेट अवरुद्ध गरिएको प्रतिक्रिया दिएका छन् ।

एसिया, युरोप र अमेरिकासहित विश्वभरका अनुमानित १० लाख प्रयोगकर्ताहरूले लाइभ र्‍यालीमा सहभागिता जनाएको पीटीआईको दाबी छ । तीन घण्टामा सकिने भनिएको भर्चुअल भेला साढे चार घण्टासम्म चलेको थियो । यसअघि गत मेमा पीटीआईका संस्थापकसमेत रहेका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिएर पक्राउ परेपछि भएको हिंसात्मक विरोध प्रदर्शनका बेला पनि देशभरको मोबाइल सेवा बन्द गरिएको थियो । त्यहाको आन्तरिक (गृह) मन्त्रालयको आदेशमा सेवा बन्द गरिएको पाकिस्तान दूरसञ्चार प्राधिकरणले बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...