मुख्य समाचार
मलेसियामा साथीको हत्या पछि हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ
मलेसियामा साथीको हत्या पछि हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ

— मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

महोत्तरी, गौशाला नगरपालिका- ५ का २४ वर्षीय अनिलकुमार साहले झापा, शिवसताक्षी-३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।


पीडतका आफन्तले साहले हुलिया बदलेर नेपाल आउन लागेको सूचना प्रहरीलाई दिएका थिए । साह गत मंसिर ३० गते मलेसियाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए ।

साहविरुद्ध मृतककी श्रीमतीले हत्या आरोपमा किटानी जाहेरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...