— नथान लियोनले आफ्नो पाँच सयौं टेस्ट विकेट लिएसँगै अस्ट्रेलियाले पहिलो टेस्टमा आइतबार पाकिस्तानमाथि ३ सय सय ६० रनको प्रभावशाली जित निकालेको छ ।
पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा ८९ रनमै अलआउट भएपछि ठूलो अन्तरको हार बेहोर्न बाध्य रह्यो ।
पाकिस्तान सन् १९९५ यता पहिलो टेस्ट जितको खोजीमा रहेको छ । तर जितका लागि ४ सय ५० रनको लक्ष्य पाएको पाहुना टिम अस्ट्रेलियाको घातक बलिङसामु धरासायी भएको थियो ।
जम्मा ३०.२ ओभर मात्र चलेको पाकिस्तानको दोस्रो इनिङ्समा साउद सकिनले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । अस्ट्रेलियाली बलरमध्ये माइकल स्टार्क र जोस हेजलउडले तीन तीन विकेट लिए । लियानले भने १४ रनमा दुई विकेट लिए र टेस्ट क्रिकेटमा आफ्नो पाँच सयौं विकेट पूरा गरे ।