मुख्य समाचार
मुख्य प्रशिक्षक अल्बर्टो एनेसको कार्यकाल ३ महिना १५ दिन थप
मुख्य प्रशिक्षक अल्बर्टो एनेसको कार्यकाल ३ महिना १५ दिन थप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको कार्यकाल तीन महिना १५ दिन थप गर्ने निर्णय गरेको छ ।

एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले मुख्य प्रशिक्षकको जिम्मेवारीलाई जम्मा साढे तीन महिना अर्थात १०५ दिन मात्र थप गर्ने निर्णय गरेको हो ।

‘नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको कार्यकाल विश्वकप छनोटको दोस्रो चरणको खेल सम्मलाई तीन महिना १५ दिन अवधि थप गर्ने,’ एन्फा कार्यसमिति बैठकको निर्णया लव एन्फा प्रवक्दा सुरेश शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो निर्णय अनुसार एन्फाले अहिले चलिरहेको विश्वकप छनोटको दोस्रो चरणको बाँकी चार खेलका लागि मात्र एनेसलाई प्रशिक्षकको रुपमा राख्न चाहेको छ ।

एन्फाले गत वर्ष फागुन १७ मा इटालियन प्रशिक्षक भिनसेन्जोलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसैले उनको कार्यकाल आउने फागुनमै सकिने थियो । तर, विश्वकप छनोटका चार खेल बाँकी नै रहेकोले एन्फाले त्यही खेलका लागि मात्र उनको कार्यकाल थप्ने भएको हो ।

अब साढे तीन महिना कार्यकाल थपिएपछि एनेसले २०८० जेठ अन्तिमसम्म नेपालको प्रशिक्षकको रुपमा रहनेछन् ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा यमन विरुद्ध भएको खेलपछि प्रशिक्षण कार्यकाल बारे सोध्दा प्रशिक्षक एनेसले आफूलाई नेपालमा बस्न मन भएको प्रतिक्रिया दिएका थिए ।

अब नेपालले छनोटमा चार खेल खेल्न बाँकी छ । आगामी मार्च र जुनमा नेपालले दुई/दुई खेल खेल्नेछ ।

नेपालले मार्च २१ (चैत ८ गते) मा बहराइनसँग घरेलु मैदानमा र मार्च २६ (चैत १३ गते) मा बहराइनमा गएर खेल्नेछ । यस्तै जुन ६ (२०८१ जेठ २४ गते) मा नेपालले घरेलु मैदानमा युएईसँग खेल्नेछ भने अन्तिम खेल जुन ११ (२०८१ जेठ २९) मा यमनको मैदानमा गएर खेल्नेछ ।

दोस्रो चरणमा हरेक समूहको शीर्ष दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् भने एसिया कपमा सीधै छनोट हुनेछन् । यदी शीर्ष दुईमा पर्न नसकेपनि नेपालले एसिया कप छनोटको अर्को चरण भने खेल्न पाउनेछ ।

थ्री नेसन्स कप देखि विश्वकप छनोट सम्म

एनेस आएपछि नेपालले खेलको पहिलो प्रतियोगिता प्रधानमन्त्री कप थ्री नेसन्स कप थियो । जहाँ नेपालसहित लाओस र भुटान सहभागि थिए । नेपालले फाइनलमा लाओसलाई हराएर उपाधि जितेको थियो ।

त्यसपछि नेपालले गत जुनमा भारतमा साफ च्याम्पियनसिप खेल्यो । जसमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । कुवेत र भारतसँग पराजित भएको नेपालले पाकिस्तानलाई मात्र पराजित गरेको थियो । त्यतिबेलै प्रशिक्षक एनेसले नेपाली टिम छाड्ने हल्ला चलेको थियो तर उनले बेंगलोरमै नेपाल पत्रकारहरुसँग कुरा गर्दै आफूले नेपाली टिमसँगै हुने बताएका थिए ।

त्यसबाहेक केही मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जसमा साफ च्याम्पियनसिप अघि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

साफ च्याम्पियनसिपपछि नेपालले सिधै सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भयो ।

यस्तै २०२६ को फिफा विश्वकप र २०२७ को एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत प्रारम्भिक चरणमा नेपालले लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो । जहाँ समूह एचमा नेपालसँगै युएई, बहराइन र यमन छन् ।

पहिलो अवे खेलमा युएईसँग नेपाल ४-० ले पराजित भएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा २-० ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...