मुख्य समाचार
रेमण्डका मालिकलाई महँगो पर्दैछ श्रीमतीमाथिको हिंसा, ७५ प्रतिशत सम्पत्ति गुमाउन सक्ने
रेमण्डका मालिकलाई महँगो पर्दैछ श्रीमतीमाथिको हिंसा, ७५ प्रतिशत सम्पत्ति गुमाउन सक्ने

। कपडा व्यवसायको प्रशिद्ध ब्राण्ड रेमण्डका मालिक गौतम सिंघानियालाई श्रीमतीसँगको सम्बन्धविच्छेद निकै महंगो पर्ने भएको छ । श्रीमती नवाज मोदीसँग सम्बन्धविच्छेद गर्दा उनले ७५ प्रतिशत सम्पत्ति गुमाउनुपर्ने देखिएको छ ।

सिंघानियाले १ अर्ब ४० करोड डलर बराबरको सम्पत्तिको ७५ प्रतिशत रकम श्रीमती नवाज मोदीलाई दिनुपर्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पुँजीबजारमा सार्वजनिक रुपमा सुचीकृत रेमण्डको बोर्ड सदस्यमा सिंघानिया र मोदी दुबै रहेका छन् । उनीहरु दुबैको नाममा प्रवर्द्धक शेयर रहेको छ । रेमण्ड ग्रुप भारतको उपभोक्ता ब्राण्ड मध्ये निकै लोकप्रिय छ । द्रुत कार, निजी विमान तथा महँगा डुंगाकी सौखिन मोदीले त्यसभन्दा कममा सम्झौता नगर्ने बताएको उनका निकटले बीबीसीलाइ बताएका छन् । ‘यसलाइ टुंगोमा पुर्‍याउनका निम्ति दम्पत्तिबीच कुनै पनि वार्ता सुरू भएका छैनन् । दुई पक्षका मध्यस्थकर्ताबीच कुराकानी भएको छ । कम मुल्यमा सम्झौता गर्ने पक्षमा उहाँ (नवाज मोदी) हुनुहुन्न’, निकट स्रोतसँगको कुराकानीबारे बीबीसीले लेखेको छ ।

आफ्ना दुई छोरीको भविष्य सुरक्षित गर्नका निम्ति ७५ प्रतिशत रकम आवश्यक भएको भन्दै त्यसभन्दा तल कुनै हालतमा सम्झौता नगर्ने अड्डी मोदीको रहेको बीबीसीले मोदी निकट श्रोतलाई उद्दृत गर्दै लेखेको छ । ‘साथी, वकिल, पारिवारिक सदस्य, मध्यस्थकर्ता तथा चार्टड एकाउन्टेट समक्ष सिंघानियाले आफूलाई ७५ प्रतिशत सम्पत्ति दिने कुरा गरेकाले त्यसभन्दा तल कुनै सम्झौता नहुने उहाँको अडान छ’, नवाज मोदी निकट स्रोतले बीबीसीसँग भनेका छन् ।

मुम्बई ल फर्ममा कार्यरत ऋषव स्रोफले भने यस घटनालाई फरक ढंगले हेरेका छन् । भारतका धनाढ्य यस परिवारको कुल आर्जनको ९६ प्रतिशत रकम गुठीमा गइरहेकाले त्यसबाट बच्नका निम्ति अहिले यो स्थिति आएको हुनसक्ने उनको तर्क छ ।

‘आफ्नो सम्पत्तिको हिस्सा ट्रष्टमा जानबाट जोगाउनका निम्ति धनाढ्य परिवारमा यस्ता विवाद सार्वजनिक भइरहेका हुन्छन्’, उनले भनेका छन् ।

यता सिंघानियाले पनि आफ्नो एकल संरक्षणमा गुठी बनाउने प्रस्ताव गरेका थिए जसको विरोधमा मोदी थिइन् । ‘कुनै पनि हैसियत नहुने गरी मोदीले ट्रष्ट स्थापनामा किन सहयोग गरुन् । उनले आफू पनि संरक्षक हुने र केही फाइदा लिनेगरी सहयोग गर्न भने सक्थिन्’, स्रोफले बीबीसीसँग भनेका छन् ।

धेरै कम्पनीहरु तेस्रो पुस्ताभन्दा पर सायदै गएका छन् । रेमण्ड पाचौँ पुस्ताले सम्हालिरहेको व्यवसाय हो । नवाज मोदीले त्यसमा छोरीहरुको समेत भविष्य देखेकी छिन् । मोदीले सम्बन्ध विच्छेदपछि समेत आफू रेमण्डको बोर्डमा बस्न पाउनुपर्ने माग राखेकी छिन् ।

सम्बन्धविच्छेद र मागदाबीमा उनले आफ्ना ससुरा विजयपत सिंघानियाको समेत समर्थन पाएकी छिन् । बिजयपतलाई सन् २०१७ मा छोरा गौतम सिंघानियाले घरनिकाला गरिदिएका थिए ।

यी जोडीबीच खटपटको आँकलन दिपावलीको भोजदेखि भएको थियो । गत नोभेम्बरमा सिंघानियाले आयोजना गरेको भोजमा जान मोदीले अस्वीकार गरेकी थिइन् । शताब्दी पुरानो रेमण्डको विरासत सम्हालिरहेका पतिले आफू र नाबालिग छोरीमाथि आक्रमण गरेको आरोप मोदीले लगाएकी छिन् । यस विषयमा सिंघानियासँग बीबीसीले सोध्दा उनले बोल्न चाहेनन् ।

मोदीले भने पत्रकार संगीता वध्वनीसँगको कुराकानीमा श्रीमानले कुट्दा आफू गम्भीर घाइते भएको त्यहाँ प्रहरी बोलाउन आफूले मुकेश अम्बानीको परिवारसँग सहायता मागेको बताएकी छिन् ।

मुम्बईका दुई प्रहरी स्टेशनमा सिंघानियाविरुद्ध उजुरी परेका छन् । त्यसबारे सोधपुछका लागि प्रहरीले अदालतको अनुमति लिएर उनी समक्ष पुग्नुपर्ने हुन्छ ।

आफ्नो शारीरिक अवस्थाका कारण काममा समेत जान नसकेको मोदीको भनाइ छ । यता सिंघानियाले भने आफ्नो घरेलु कुराले व्यापारमा कुनै असर नपर्ने र यो नियमित किसिमको आरोप रहेको भन्दै विभिन्न सरोकारवालालाई इमेल लेखेको बीबीसीले लेखेको छ ।

घरेलु हिंसा सतहमा आएसँगै रेमण्डको शेयर मूल्यमा केही समस्या आएको थियो । हाल भने नियमित स्थितिमा फर्किएको छ । यो घटनाक्रमले रेमण्डको विरासत सम्हालिरहेका सिंघानियाप्रति नैतिक प्रश्न भने उठेको छ ।

श्रीमती मोदीले कम्पनीको कोषलाई सिंघानियाले मनोमानी ढंगले चलाएको आरोप लगाएसँगै कोष सुरक्षितका लागि रेमण्डले लिएको नीतिको आलोचना भइरहेको छ । यस विषयमा बीबीसीले प्रश्न सोध्दा रेमण्डबाट कुनै उत्तर आएन ।

‘मोदीले हलचल ल्याएकी छिन् । यो विवाद पारिवारिक हो भनेर पन्छिन सक्ने अवस्था छैन । रेमण्डको लेखा समितिले अब यसलाई हेर्नैपर्छ’, आइआइएसकी अध्यक्ष हितल देलाल भन्छिन् ।

यस विवाद समाधानका लागि बोर्डले वरिष्ठ कानुन सल्लाहकार रुपमा बर्जिश देशाइलाई नियुक्त गरेको छ । उनको नियुक्तिदेखि मोदी खुशी छैनन् । परिवारको विवादले पुँजी बजारमा असर देखाइसकेको थियो । उनीहरु छुट्टिएको अवस्थामा त्यसको प्रभाव लगानीकर्ताहरुमा पर्ने विज्ञहरु बताउँछन् ।

व्यापारिक घरनाभित्रका महिला हिंसा भारतमा अक्सर सतहमा आएका छैनन् । ‘कर्पोरेट भारतमा यस्ता विषय निकै नै गुपचुप राखिन्छन्’, सामाजिक विषयमा कलम चलाउने स्तम्भकार शोभा डे भन्छिन् ।

सिंघानिया र मोदीको विवाद पनि सहजै टुंगिने स्थिति नरहेको उनको भनाइ छ । ‘यस्ता विवादमा जाँचबुझलाई नै गुपचुप राख्ने प्रचलन भारतमा रहेको छ’,शोभाले भनिन् ।

सिंघानियाविरुद्ध मोदीको लडाइँ निकै जटिल र कठिन रहेको उनले बीबीसीसँग बताएकी छिन् । ‘यदि मोदीका तर्फबाट लागेका मध्यस्थकर्ताहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् भने रेमण्डको नाराझैँ पूर्ण मानिसको कथा पूर्ण हुनेछ’, उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...