मुख्य समाचार
फेसबुक संस्थापक जुकरबर्गले बनाउँदैछन् अमेरिकी इतिहासकै ठूलो घर
फेसबुक संस्थापक जुकरबर्गले बनाउँदैछन् अमेरिकी इतिहासकै ठूलो घर

मेटा कम्पनीका सीईओ अर्बपति मार्क जुकरबर्गले अर्बौ लगानीमा अमेरिकी इतिहासमै सबैभन्दा ठूलो एक आलिसान निवास बनाउने भएका छन् ।

निकै गोप्य रहेको हवाइस्थित जग्गामा उनले एउटा पूरै गाउँ, धेरैवटा महल तथा पाँच हजार वर्गफिटको भूमिगत बंगरसहितको भव्य निवास बनाउन २७ करोड डलर खर्च गर्ने भएका हुन् ।

हवाइको सबैभन्दा पुरानो टापुमध्येको एक काउइमा रहेको जग्गामा उनले अर्बौं डलर खर्चिएर संरचना बनाउने भएका हुन् ।

उक्त ठाउँमा उनीहरुको १३ सय एक्कड जग्गा यसअघि नै रहेकोमा सन् २०२१ मा थप ११० एक्कड जमिन खरिद गरेर विस्तार गरेका थिए ।

जुकरबर्गले आफ्नो निजी निवासमा बनाउने २७ करोड डलरको संरचना अमेरिकी इतिहासमै सबैभन्दा ठूलो व्यक्तिगत प्रयोजनको निर्माण हुनेछ । त्यहाँ बन्ने दुईवटा महलले ५७ हजार वर्गफिट क्षेत्रफल ओगट्नेछन् ।

त्यहाँ बन्ने उनको आलिशान घरहरुमा ३० वटा बेडरुम, ३० बाथरुम, कन्फ्रेन्स कक्षहरु, एउटा ठूलो किचेन, धेरैवटा एलिभेटरलगायत रहने उनले अदालत तथा कर विभागमा पेस गरेका कागजातरुबाट खुलेको छ ।

The billionaire Facebook founder, 39, bought 110 acres of a former sugar plantation on the island back in 2021 - adding to the couples 1,300 acre $100million luxury estate

विस्तृत भूमिगत सुरुङ प्रणालीले त्यहाँका महलहरुलाई एक अर्कासँग जोड्नेछ । साथै यसले आवासस्थललाई दोब्बर बनाउनेछ । जुन पाँच हजार वर्गफिटमा फैलिनेछ र यसमा लिभिङ एरिया, पुस्तकालयलगायतका ठाउँ बनाइनेछ ।

साथै बम आक्रमणलगायतका बाह्य खतराबाट समेत उक्त सुरुङ सुरक्षित हुनेछ । जसमा धातु र कंक्रिटबाट निर्मित आवाज समेत नछिर्ने ढोका हुनेछन् ।

जुकरबर्गको उक्त निवास परिसर हरेक कुरामा आत्मनिर्भर हुनेछ, चाहे खानेकुरा होस् वा पानी र अन्य आवश्यकताका सामानहरु ।

त्यहाँ गेष्ट हाउस, जिमखाना, साउना, स्वीमिङ पुल, हट टब, चिसो पानीको पोखरी, टेनिस कोर्टलगायतका हरेक सुविधा रहनेछन् ।

अर्को स्वप्नील सुविधा भनेको त्यहाँ ११ वटा ट्री हाउसको सञ्जाल छ जुन एक अर्कामा धागोको पुलले जोडिएका छन् । स्मरण रहोस् उक्त ट्री हाउस निर्माता कम्पनीले गत वर्ष करिब एक लाख ३३ हजार डलर रकम भुक्तानी नगरेको भन्दै जुकरबर्गविरुद्ध मुद्दा हालेको थियो ।

जुकरबर्गको उक्त महँगो रियलस्टेट परियोजना विवादमुक्त भने छैन । जुकरबर्गले सयौं एक्कड जग्गामा पूरै गाउँसहितको आफ्नो निजी निवास बनाएर हवाइ टापुलाई उपनिवेश बनाउन थालेको समेत आरोप लागेको छ ।

जुकरबर्गले स्थानीय समुदायको जग्गामा आफ्ना महल बनाउनका लागि उनीहरुलाई मुद्दा हालेको आरोप अभियानकर्मीहरुको छ । वर्षको केवल २ महिना बस्नका लागि जुकरबर्गले स्थानीय समुदायको उठिबास लगाएर भव्य महल बनाउन थालेको हुँदा त्यसलाई रोक्नुपर्ने उनीहरुको माग छ ।

जुकरबर्गको निवास निकै गोप्य छ । उनले आफ्नो जग्गालाई ६ फुट अग्लो पर्खालले घेराबन्दी गर्न सन् २०१६ बाटै सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...