मुख्य समाचार
भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनन् : अर्थमन्त्री महत
भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनन् : अर्थमन्त्री महत

— नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले क्षणभरमा महत्त्वाकांक्षा पूरा गर्ने उद्देश्य लिएका राजनीतिक दल दिगो बन्न नसक्ने बताएका छन् । उनले भ्रम पैदा गरेर जनतालाई एक पटक झुक्याउन सकिने, तर त्यो दीर्घकालीन नहुने बताए ।

सोमबार नुवाकोट कांग्रेसको जिल्ला सम्मेलनमा अर्थमन्त्री महतले नागरिकका दु:खसुखमा निरन्तर साथ र समर्थन गर्ने दल कांग्रेस मात्रै भएको दाबी गरे । 'यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन,' उनले भने ।


उनले सामाजिक सञ्जालमा गालीगलौज भएर उदाएकाहरूसँग कांग्रेस डराउनुपर्ने अवस्था नरहेको जिकिर गरे । ‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस नै हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, उनले भने ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसहरू गालीगलौज गरेर आएका छन्, तर डराउनुपर्ने अवस्था छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’

उनले वर्तमान गठबन्धन सरकार आवश्यकताको प्रतिफल भएको दाबी गरे । 'साथीहरूलाई गठबन्धनका बारेमा गलत धारणा बनेको सुनेको छु । तर यसलाई गलत ढंगले बुझ्नु गलत हुन्छ,' उनले भने, 'यो गठबन्धन आवश्यकताको प्रतिफल हो । यो सबैको सहमतिमा गरिएको हो । पार्टी एक्लैले सरकार बनाउन सक्ने अवस्था थिएन, चुनाव जित्ने र बहुमत ल्याउने अवस्था पनि थिएन ।'

मन्त्री महतले एनसेलबारे सरकारले छानबिन समिति बनाएको र समितिले काम गरिरहेको बताए । 'उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ । त्यसको पनि छानबिन हुँदैछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...