काठमाडौं । हिमालयलाई पृथ्वीको तेश्रो ध्रुव भनिन्छ । हिमालयमा तिब्बतको पठार, हिन्दुकुश तथा तियानशान पर्वत श्रृंखला पर्दछन् । जलवायु परिवर्तन, बढ्दो तापमान तथा वर्षाको बदलिँदो ढाँचाका कारण यहीँ हिमालयमा पछिल्लो ३० वर्षमा १० हजार हिमनदीहरु पग्लिएका छन् ।
हिमनदीहरुको तीव्र हिमगलनका कारण हजारौँको संख्यामा हिमतालहरु निर्माण भएका छन् । यस्ता हिमतालहरु हिमालयको तल्लो तटीय क्षेत्रका लागि जोखिमपूर्ण छन् । दृश्यमा हिमतालहरु सुन्दर देखिन्छन् तर जब यी विस्फोट हुन्छन् तब यिनले भयानक विध्वंस सिर्जना गर्दछन् । हिमतालहरु विस्फोटन भएर समय समयमा ठूलो धनजनको क्षति पूराउने गरेका छन् र यो क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसस्थित इन्स्टिच्यूट अफ तिब्बेतन प्लेटु रिसर्चका शोधकर्ता प्राध्यापक विकाई वांग सहितको टिमले हिमालयमा रहेका हिमतालहरुको अध्ययन गरेको छ।
हलै नेचर कम्युनिकेशन्समा प्रकाशित उक्त शोध रिपोर्ट अनुसार नेपाल, भारत, पाकिस्तान तथा चीन लगायतका सबै देशहरुले यस्ता जोखिमपूर्ण तालहरुका विषयमा तत्काल कदम चाल्नु आवश्यक छ ।
हिमालयको कोखमा हुर्किरहेका यी हिमतालहरुको विध्वंसबाट बँच्नका लागि हिमालय क्षेत्रका सबै देशहरुले मिलेर काम गर्नु आवश्यक रहेको शोधकर्ताहरुको ठम्याइ छ । शोधकर्ताले सेन्टिनल टू ए तथा टू बीको डेटा संकलन गरेका छन् जुन सन् २०१८ देखि २०२२ सम्मको हो । उनले सबै हिमतालहरुको वर्गिकरण गरेका छन् ।
आकार, श्रोत तथा खतराको आधारमा हिमतालको वर्गिकरण गरी फरक फरक सूचिमा राखिएको छ ।
दुई दशकमा दोब्बर भयो हिमताल विस्फोटका घटना
अध्ययनबाट एउटा डरलाग्दो तथ्यको पनि खुलासा भएको छ । सन् १९८१ द्येखि १९९० को बीचमा हिमालयमा हिमताल विस्फोटका घटनामा १.५ प्रतिशत हुने गरेकोमा सन् २०११ द्येखि २०२० को अवधिमा बढेर २.७ प्रतिशत पुगेको छ । अर्थात् हरेक दशकमा हिमताल विस्फोटको दर दोब्बरले बढेको छ । यो हिमालय र त्यसको तल्लो इलाकामा बस्ने मानिसहरुका लागि खतरनाक संकेत हो ।
शोधकर्ताहरुले हिमालय क्षेत्रमा ५ हजार ५३५ वटा यस्ता हिमतालहरु प्हिचान गरेका छन् जो यस क्षेत्रका मुलुकहरुको लागि निकै नै खतरनाक सावित हुन सक्छन् । यी हिमतालहरु कुनैपनि समयमा विस्फोट हुनसक्छन् र त्यसबाट हिमताल विस्फोट सिर्जित बाढी अर्थात् (GLOF) को घटना हुनसक्छ । त्यसमध्ये १५०० वटा तालहरु निकै खतरनाक छन् र ती कुनैपनि बेला विस्फोट हुनसक्छन् र तल्लो तटीय इलाकामा ठूलो ध्वंस हुनसक्छ ।
शोधकर्ता प्राध्यापक वांगका अनुसार यी हिमतालहरु विस्फोट हुँदा कम्तिमा पनि ५५,८०५ वटा भवन, १०५ वटा विद्यमान वा निर्माणको योजना बनाइएका जलविद्युत परियोजना, १९४ वर्ग किलोमिटरको खेतियोग्य जमिन, ५० हजार ५ किलोमिटर सडक तथा ४०३८ वटा पुल ध्वंस हुने आंकलन छ । त्यसका अलावा यी घटनामा परेर कम्तिमा पनि २ लाख मानिसहरुको मृत्यु हुनसक्छ ।
कसरी हुन्छ हिमताल विस्फोट र बाढी ?
हिमताल विस्फोट र त्यसबाट उत्पन्न हुने बाढीको घटनालाई ग्लोफ अर्थात् ग्लेसियल लेक आउटबस्र्ट फ्लड भनिन्छ । हिमनदी पग्लिएर बनेका ती तालहरु हिमनदी फुट्दा पनि फुट्न सक्छन् ।
हिमस्खलन, पहिरो तथा बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुका कारण हिमतालको बाँध टुट्न गई हिमताल विस्फोट हुने गर्दछ । यसबाट हिमतालमा रहेको करोडौँ लिटर पानीसँगै ढुंगा, माटो तथा अन्य वस्तुहरु बग्दछन् र भयानक बाढीको रुप लिन्छ । हालै भारतको सिक्किममा हिमताल विस्फोटनबाट विनाशकारी बाढी आएको थियो ।
उत्तरी सिक्किमस्थित ५२०० मिटर उचाइँमा रहेको दक्षिण लोनाक नामक हिमताल आंशिक विस्फोट हुँदा आएको बाढीमा कम्तिमा ४२ जनाको मृत्यु र ७७ जना बेपत्ता भएका थिए । उक्त हिमताल अझैपनि विस्फोटको खतरामा रहेको बताइएको छ ।
सन् २०१५ देखि २०२० को बीचमा हिमालयमा १० हजार देखि ३० हजारसम्म हिमतालहरु द्येखिएका थिए । हिमतालहरुको उचाइँ तथा दुर्गमताका कारण सबैको विस्तृत अध्ययन निकै कठीन छ ।
साथै कुन हिमताल कहिले विस्फोट हुन्छ भनेर अड्कल काट्न वा जोखिम आंकलन गर्नपनि गाह्रो हुन्छ । भौगोलिक कठीनाईका कारण पनि वैज्ञानिकहरुले स्याटेलाइटको मद्दतले हिमतालहरुको अध्ययन गर्दै आएका छन् । एजेन्सीको सहयोगमा