मुख्य समाचार
अग्रिम टिकट बिक्रीमा ‘सलार’ले ‘डंकी’लाई उछिन्यो, ‘डंकी’ हिन्दीमा मात्र प्रदर्शन हुने
अग्रिम टिकट बिक्रीमा ‘सलार’ले ‘डंकी’लाई उछिन्यो, ‘डंकी’ हिन्दीमा मात्र प्रदर्शन हुने

। दुई भारतीय फिल्म ‘डंकी’ र ‘सलार’ क्रमशः बिहीबार र शुक्रबार रिलिज हुँदैछन् । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनित यी फिल्मले उछाल ओपनिङ गर्ने पक्का छ ।

यी दुवै फिल्मको एड्भान्स टिकट बिक्री पनि सुरु भएको छ । भारतमा ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई उछिनेको छ । ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा पनि करिब यस्तै ट्रेन्ड देखिएको छ । अग्रिम टिकट बिक्रीको कुरा गर्दा नेपालमा ‘सलार’को बुकिङ ८०-९५ प्रतिशत हुँदा ‘डंकी’को टिकट बिक्री ५० देखि ७० प्रतिशत देखिएको छ ।

नेपालमा शाहरुखका अघिल्ला दुई फिल्म जवान र पठानको अग्रिम टिकट बिक्री खुलेको दुई दिनमै करिब सोल्डआउटको अवस्था थियो । तर ‘डंकी’को पूर्वकमाइमा सुस्तता देखिएको छ ।

अनुमानअनुसार राजकुमार हिरानी निर्देशित ‘डंकी’ राम्रो समीक्षा प्राप्त भएको खण्डमा लामो समय चल्न सक्छ । अर्कोतर्फ प्रशान्त नील निर्देशित ‘सलार’को ओपनिङ उत्कृष्ट हुन सक्छ ।

भारतमा कस्तो छ अवस्था ?

‘सलार’ले अहिलेसम्म अग्रिम टिकट बिक्रीबाट १२.६७ करोड भारु कमाएको छ । यो फिल्मका ६ हजार ४३९ शोको ५ लाख ७७ हजार ४०६ टिकट बिक्री भएको छ । अर्कोतर्फ ‘डंकी’को १२ हजार ६०८ शोका लागि ३ लाख ६० हजार ५०८ टिकट बिक्री भएकाले अग्रिम बुकिङमा फिल्मको कमाइ १० करोड २६ करोड भारु पुगेको छ ।

तेलुगू क्षेत्रका दर्शक ‘सलार’का लागि उत्साहित छन् । तेलुगू संस्करणका लागि अहिलेसम्म ३ लाख ८२ हजार ६१७ टिकट बिक्री भइसकेका छन्, जसबाट ८.७८ करोड भारु कलेक्सन भएको छ । फिल्मले हिन्दी संस्करणमा १.७४ करोड भारु कमाएको छ । मलयालममा फिल्मको ९७८ शोका लागि ८७ हजार २७७ टिकट बिक्री भएका छन् । यो बिक्रीबाट १.२ करोड भारु कलेक्सन भएको छ ।

हिन्दी बेल्टका दर्शक ‘डंकी’को लागि निकै उत्साहित छन् । फिल्मले ओपनिङ डेमा १.८१ करोड भारु कलेक्सन गरेको छ । फिल्मले दिल्लीमा १.५५ करोड र पश्चिम बंगालमा १.२२ करोड कमाएको छ ।

यसैबीच ‘डंकी’को टोलीले वितरकलाई ‘सलार’सँग स्क्रिन सेयर गर्न नचाहेको खबर पनि छ । शाहरुखका अघिल्ला फिल्म पठान र जवान हिन्दीसहित अन्य भाषामा पनि रिलिज भएका थिए तर डंकी हिन्दीमा मात्रै रिलिज हुने भएको छ । जबकि ‘सलार’ कुल पाँच भाषा तेलुगू, तमिल, हिन्दी, मलयालम र कन्नडमा रिलिज हुनेछ ।

केजीएफ, केजीएफ २ जस्ता फिल्म बनाएका प्रशान्त नीलले फिल्म ‘सलार’ निर्देशन गरेका हुन् । होम्बले फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन् । फिल्ममा प्रभाससहित श्रुति हसन, मधु गुरुस्वामी र पृथ्वी सुकुमार मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म ‘डङ्की’ सन् २०२३ मा रिलिज हुने शाहरुख खानको तेस्रो फिल्म हो । यसअघि उनका दुवै फिल्म पठान र जवान ब्लकबस्टर साबित भएका छन् । डंकीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । हिरानीको ट्रयाक रेकर्ड हेर्दा उनको निर्देशनमा बनेका सबै फिल्म हिट भएका छन् । यस्तो अवस्थामा यो फिल्म पनि हिट हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...