— कप्तान सेर्गे रोबेर्टोको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार आल्मेरियालाई २–१ ले हराएको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।उसको १८ खेलबाट ३८ अंक भएको छ ।
बार्सिलोनाको अगाडि जिरोनाको ४४ र रियल म्याड्रिडको ४२ अंक रहेको छ । दुवै टिमले बार्सिलोनाको तुलनामा एक खेल कम खेलेका छन् ।आल्मेरिया भने १८ खेलबाट पाँच अंकसहित अन्तिम स्थानमा छ । बुधबारका अन्य खेलमा एथलेटिको बिलबाओले लास पाल्मासलाई १–० र भिल्लारियलले सेल्टा भिगोलाई ३–२ ले हरायो ।