मुख्य समाचार
वीरगन्ज सुक्खा बन्दरगाहमा थन्किएका अधिकांश कन्टेनरमा सडेको छोकडा
वीरगन्ज सुक्खा बन्दरगाहमा थन्किएका अधिकांश कन्टेनरमा सडेको छोकडा

— लामो समयदेखि वीरगन्ज सुक्खा बन्दरगाह यार्डमा थन्किएका कन्टेनरको भौतिक परीक्षण हुँदा अधिकांशमा सडेको छोकडा बरामद भएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले तेस्रो मुलुकबाट आयात गरिएका २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षण थालेको हो । सुक्खा बन्दरगाह यार्डमा ५ वर्षदेखिका कन्टेनर जाँचपास नगराई आयातकर्ताले राखेका थिए ।


मंगलबार साँझसम्म १ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘१ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको छ,’ उनले भने, ‘जाँच गरिएका अधिकांश कन्टेनरमा सडेका छोकडा बरामद भएको छ ।’ अहिले भौतिक परीक्षणमात्र गरिएकाले थप विवरण पछि आउने भन्सार कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण, प्रिस्टीन भ्यालीलगायतका प्रतिनिधिको रहोबरमा पुराना कन्टेनरको भौतिक परीक्षण भइरहेको छ । सिमित जनशक्तिका कारण २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षणमा समय लाग्ने भएकाले भन्सार कार्यालयले विभागलाई पत्राचार गरी थप कर्मचारी माग गरेको थियो ।

आयातकर्ता र कन्टेनरमा भएका मालवस्तुको विवरणसहित कार्यालयले गत मंसिर १० मा सार्वजनिक सूचना जारी गरी जाँचपास गराई लैजान आह्वान गरेको थियो । ‘विभिन्न आयातकर्ताले आयात गरेका तर नियमानुसार तोकिएको अवधिभित्र छुटाई नलगेका ६० दिन भन्दा बढी समयदेखि कार्यालयको भन्सार क्षेत्रमा रहेका विभिन्न प्रकारका मालवस्तु भन्सार ऐन २०६४ बमोजिमको नियमानुसार जाँचपास गरी नलगेमा कानुन बमोजिम कारबाही अगाडि बढाईने छ,’ भन्सारको सूचनामो उल्लेख छ ।


स्रोतका अनुसार लामो समयदेखि जाँचपास नभई भन्सार यार्डमा राखिएका कन्टेनरभित्र कोटाविपरीत ल्याइएका मालवस्तु भएकाले आयातकर्ताले ‘सेटिङ’ नमिलेसम्म जाँचपास नगराएका हुन् । ‘यही सूचना भन्सारमा पुगेपछि अहिले पुराना कन्टेनरको जाँचपास गर्न आयातकर्तालाई आह्वान गरी भौतिक परीक्षण थालिएको हो,’ एक व्यापारी भन्छन्, ‘ग्रिन च्यानलबाट पास हुने कन्टेनरको संख्या अहिले घटेको छ, पुरानो कन्टेनरहरुको ग्रिन च्यानलबाट जाँचपास निषेध गरिएको छ ।’

कार्यालयका अनुसार ग्रिन च्यानलमा घोषणा गरिएका मालवस्तुको जाँचपास गर्ने क्रममा भौतिक परीक्षण गरिँदैन । ग्रिन च्यानलबाट पुराना कन्टेनर फुत्किन सक्ने भएकाले उनीहरुको भौतिक परीक्षण गरेर मात्र जाँचपास गर्ने गरिएको छ ।

मागभन्दा अत्यधिक परिमाणमा मालवस्तु आयात गरी भारततर्फ चोरी निकासी बढेकाले सरकारले वैदेशिक मुद्रा सञ्चितिमा असर पुगेकाले आयात नियन्त्रित गरेको थियो । लामो समयदेखि जाँचपास नभई रोकिएका अधिकांश कन्टेनरमा आयात रोक्का भएको बेला सेटिङमा वा सरकारबाटै खुला गराउने उद्देश्यले मालवास्तु आयात गरेका व्यापारीको सेटिङ मिल्न नसकेपछि यार्डमा कन्टेनर थन्किएको हुन सक्ने भन्सारका अधिकृत बताउँछन् ।

आयातकर्ताका अनुसार कोभिडको समयमा सरकारले छोकडा, मटर, कालो मरिचको आयातमा रोक लगाएको थियो । ‘सरकारले मटर, कालो मरिचको जाँचपास पछि खुलाए पनि छोकडाको भने खुलाएन्,’ वीरगन्जका एक आयातकर्ता भन्छन्, ‘तर, छोकडाको जाँचपास सरकारले खोलाएन् । करोडौं मूल्य बराबरको छोकडा सडेर खेर गयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...