— फिल्म प्रचारका लागि दुबई पुगेको 'डंकी' टिमले मंगलबार दर्शकलाई अचम्ममा पारे । दुबईको आकाशमा ड्रोनबाटै शाहरुख खानको सिग्नेचर पोजदेखि उनको नामै लेखिदियो ।
शाहरुखले पनि ड्रोनको सहयोगमा चित्रित विमान हेरेर आनन्द लिए । निर्माण टिमले 'डंकी'को प्रचारमा 'ड्रोन' मात्रै प्रयोग गरेन । बुर्ज खलिफामा समेत 'डंकी'को ट्रेलर देखाइयो । निर्माण टिमको फिल्म प्रचारको यो शैली हेरेर दर्शक पनि दंग ।
निर्देशक राजकुमार हिरानीसँगै फिल्म प्रचारका लागि दुबई पुगेका छन्, शाहरुख । अभिजत जोशीको लेखन रहेको यस फिल्ममा तापसी पन्नु, विक्की कौशल, अनिल ग्रोभर, बोमन इरानीलगायतको अभिनय छ । यही बिहीबारदेखि प्रदर्शनमा आउने फिल्ममा लन्डन जाने सपना देख्दै आएका युवाहरूको कथा समेटिएको छ ।