मुख्य समाचार
उखुको खरिद मूल्य ५६५ रुपैयाँ, अनुदानसहित किसानले ६३५ रुपैयाँ पाउने
उखुको खरिद मूल्य ५६५ रुपैयाँ, अनुदानसहित किसानले ६३५ रुपैयाँ पाउने

— सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित नयाँ भवनको बैठक कक्षमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य तोकेको हो ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्नेछन् भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिनेछ । यसरी किसानले पाउने मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ हुनेछ ।

बैठकमा अन्य विषयहरूमा छलफल नभएको र बिहीबार बस्ने नियमित बैठकमै अरू विषयहरूमाथि छलफल हुने सञ्चारमन्त्री शर्माले बताइन् । ‘प्रधानमन्त्रीले कार्यभार सम्हालको एक वर्ष पुग्दैछ, त्यसको तयारीका विषयमा केही छलफल भयो । त्यसपछि कार्यविधि, नियमावली र कार्यशैलीहरूमा सुधार गर्नुपर्ने विषयहरूमा मुख्यसचिवज्यूले छोटो प्रस्तुति गर्नुभयो,’ मन्त्री शर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...

। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...