मुख्य समाचार
कोलोराडो राज्यको उच्च न्यायालयद्वारा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक
कोलोराडो राज्यको उच्च न्यायालयद्वारा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक

— अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले संवैधानिक विद्रोहको धारालाई उद्धृत गर्दै डोनाल्ड ट्रम्प राज्यमा अर्को वर्ष राष्ट्रपतिको उम्मेदवार हुन नपाउने फैसला गरेको छ।

अदालतले ४-३ को बहुमतका आधारमा फैसला गर्दै ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा कोलोराडो राज्यमा उम्मेदवार हुन अयोग्य ठहर गरेको हो । उनले लगभग तीन वर्ष पहिले अमेरिकी संसद क्यापिटलमा भएको दंगालाई भड्काउन भूमिका खेलेका थिए ।


ट्रम्पको अभियानले उक्त निर्णयलाई लोकतन्त्रविरोधी भन्दै पुनरावेदन गर्ने बताएका छन् । राष्ट्रपति पदका उम्मेदवारलाई अयोग्य ठहराउन अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ पहिलो पटक प्रयोग भएको हो।

न्यु ह्याम्पसायर, मिनेसोटा र मिसिगनमा ट्रम्पलाई निर्वाचनमा सामेल हुनबाट रोक्ने यस्तै प्रयास असफल भएका थिए । मंगलबार कोलोराडोको उच्च न्यायालयले गरेको निर्णय अन्य राज्यमा भने लागु हुँदैन । यो निर्णय त्यहाँको न्यायालयले अर्को महिनासम्म पेन्डिङ अपिलका रुपमा राखेको छ ।

यो निर्णय ५ मार्चमा कोलोराडो राज्यमा हुने राष्ट्रपति पदको 'प्राइमरी इलेक्सन' मात्र लागू हुन्छ, जब रिपब्लिकन मतदाताहरूले राष्ट्रपतिको लागि आफ्नो मनपर्ने उम्मेदवार छनोट गर्न मतदान गर्नेछन् । यद्यपि यसले अर्को वर्षको नोभेम्बरमा कोलोराडोमा हुने आमचुनावलाई पनि असर गर्न भने सक्छ।


ट्रम्पका समर्थकहरूले ६ जनवरी २०२१ मा अमेरिकी संसद् 'क्यापिटल'मा आक्रमण गरेका थिए । त्यतिबेला अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनको चुनावी जीत प्रमाणित गर्दै थिए।

ट्रम्प अभियानका प्रवक्ता स्टिभन चेउङले उक्त निर्णयलाई 'पूर्ण रूपमा त्रुटिपूर्ण' भन्दै न्यायाधीशहरूको आलोचना गरेका छन् । उनले बाइडेनका असफलतालाई लुकाएर ट्रम्पलाई पुन: राष्ट्रपति हुन नदिन डेमोक्र्याटहरूले सक्दो प्रयास गरिरहेको दाबी गरेकाछन् ।

चेउङले ट्रम्पको कानुनी टोलीले अमेरिकी सर्वोच्च अदालतमा 'छिटो अपिल' गर्ने र त्यहाँ रिपब्लिकन न्यायाधीशहरूको ६-३ को बहुमत रहेकोले तल्लो अदालतको फैसलाले फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...