मुख्य समाचार
रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी
रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी

आगामी वर्ष रुसको राष्ट्रपति पदका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएको अधिकारीहरूले बुधबार बताएका छन्। निर्वाचनमा भ्लादिमिर पुटिनलाई सजिलै पाँचौँ कार्यकाल प्राप्त हुने अपेक्षा गरिएको छ।


मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई निर्वाचन र राजनीतिक जीवनबाट बेवास्ता गरेको छ। सन् २०२२ मा क्रेमलिनले रुसी सैनिकलाई युक्रेनमा प्रवेश गर्न आदेश दिएपछि यो कठोर नीति अझ तीव्र भएको छ।


सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सिइसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै भनेको छ, 'अहिलेसम्म हामीले राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेका छौँ।'

राष्ट्रपति पुटिनले यसै महिना सैन्य दिग्गजहरूसँगको बैठकका क्रममा उनी आगामी वर्षको मार्च १५ देखि तीन दिनसम्म हुने निर्वाचनमा सहभागी हुने पुष्टि गरेका थिए।

सिइसीका अनुसार उसले आंशिकरूपमा रुसी सेनाले कब्जा गरेको चार युक्रेनी क्षेत्र र सन् २०१४ मा किएभबाट खोसिएको क्रिमिया प्रायद्वीपमा पनि मतदान गराउने छ। रुसको क्रेमलिन–अनुकूल लिबरल डेमोक्रेटिक पार्टीले यसै साता युक्रेन युद्धका लागि पूर्ववार्ताकार लियोनिद स्लुत्स्कीलाई उम्मेदवारका रूपमा मनोनयन गरेको बताएको छ। स्लुत्स्कीले उहाँको उम्मेदवारीले पुटिनबाट ‘मत नखोस्ने’ बताएका छन्।

निर्वाचन नियमअनुसार मार्चमा हुने मतदानमा भाग लिनका लागि उम्मेदवारहरूले डिसेम्बर २७ सम्म आवेदन फाइल गर्नुपर्नेछ। त्यसपछि उनीहरूले मतपत्रमा स्थान सुरक्षित गर्नका लागि समर्थकहरूबाट हजारौँ हस्ताक्षर जम्मा गर्नुपर्नेछ।

चरमपन्थीको आरोपमा मुद्दाको प्रतीक्षामा हिरासतमा रहेका तथा क्रेमलिनका आलोचक कट्टर राष्ट्रवादी इगोर गिर्किनले पुटिनलाई चुनौती दिन चाहेको बताएका छन्। कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जालसाजीको आरोपमा सन् २०१८ मा निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको थियो। उनका सहयोगीहरूले यसलाई राजनीतिकरूपमा प्रेरित भएको बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...