मुख्य समाचार
आईपीएल अक्सन : अनुभवीको बर्चस्व
आईपीएल अक्सन : अनुभवीको बर्चस्व

— त्यसो त यसको नामै थियो, ‘मिनी अक्सन’ । तर नामअनुसार काम भएन । जे काम भयो, त्यो भने अन्तर्राष्ट्रिय क्रिकेटका लागि राम्रै हो । कुनै समय थियो, क्रिकेटका खेलाडीले लोभ गर्थे, फुटबल खेल्नेले कति धेरै कमाउँछन् भनेर । तर अब त क्रिकेटमा पनि मस्त कमाइ हुन्छ । यसका लागि धन्यवाद दिनै पर्ने हुन्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) लाई । यसपल्टको ‘मिनी अक्सन’ मा दुई खेलाडीमाथि कीर्तिमानी भाउ लाग्यो, त्यसैले यसको खास अर्थ हुनेछ ।

यो अक्सनमा कुल २ सय ३० करोड भारतीय रुपैयाँभन्दा बढी रकम मन खुलेर खर्च गरियो । र, यसमा सबैभन्दा ठूलो विजेता रहे, अस्ट्रेलियाली खेलाडीद्वय मिचेल स्टार्क र प्याक कमिन्स । यस्तो किन त ? यसको उत्तर पछाडि धेरै कारक भने छन् । सबैभन्दा ठूलो त यो अक्सनमा त्यही खेलाडीलाई महत्त्व दिइयो, जससँग अनुभव छ । अनुभव पनि कस्तो भन्दा ठूलो अवसरमा ठूलै प्रदर्शन गर्न सक्ने । जस्तो, तिनै स्टार्क र कमिन्स ।


त्यसपछि त्यस्ता नयाँ खेलाडीलाई प्राथमिकता दिइयो, जसमा लगानी गर्दा त्यसबाट भविष्यमा ‘रिटर्न’ आउनेछ । अहिले १० फ्रान्चाइज टिम रहेका छन्, आईपीएलमा । तिनीहरूले अनुभवका लागि भने भारतमै भएको पछिल्लो वान डे विश्वकपलाई आधार माने । सबैलाई थाहा छ, त्यस विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई मज्जाले हराएर उपाधि मात्र जितेन्, यो तथ्य पनि प्रमाणित गरेको थियो, यसका खेलाडी जत्तिको जुझारु विरलै छन् क्रिकेट दुनियाँमा ।

फाइनल अगाडिसम्म पूरा प्रतियोगितामा भारत मात्रै छाएको थियो । तर त्यही टिमलाई निर्णायक मोडमा रोक्ने काम भने अस्ट्रेलियाले गरेको थियो । त्यही च्याम्पियन टिमका दुई प्रमुख सदस्य हुन्, स्टार्क र कमिन्स । एउटा रमाइलो तथ्य के भने यी दुवै फरक खाले खेलाडी हुन्, स्वभाव र प्रदर्शन दुवै आधारमा । सबैभन्दा पहिले स्टार्ककै कुरा । यी ३३ वर्षीय खेलाडी हुन्, ‘ह्वाइट बल’ का त्यस्ता दामी खेलाडी, जसलाई ‘म्याच विनर्स’ भन्दा फरक पर्दैन ।

उनी आफ्नो बलिङ आक्रमणकै मद्दतले कुनै पनि प्रतिद्वन्द्वी टिमलाई ध्वस्त पार्न सक्छन् । त्यो भनेको उनको एक ‘स्पेल’ ले पूरा खेलका दिशा परिवर्तन गर्न सक्छन् । फेरि अहिले उनी आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा छन् । उनले यसअघि रोयल च्यालेन्जर्स बेंगलोरका लागि आईपीएल खेलिसके, तर कुनै पनि बेला उनले भित्री मनबाट यो प्रतियोगिता खेलेका छैनन् । त्यो अर्थमा उनी आईपीएलमा अझै प्रमाणित हुन बाँकी खेलाडी हुन् ।


तर उनको योग्यता र क्षमता त कसैलाई शंका नै छैन । उनलाई २४.७५ करोड भारतीय रुपैयाँमा कोलकाता नाइटराइडर्सले किनेको हो । यो रह्यो, अहिलेसम्मकै सबैभन्दा ठूलो भाउ । यस पछाडि सबैभन्दा ठूलो हात गौत्तम गम्भीरको मानिन्छ । उनी कोलकाताका मेन्टर हुन् । कोलकाताले आईपीएसलको उपाधि जित्दा पनि उनी नै कप्तान थिए । अधिकांश समय उनको कुरा अरूको भन्दा फरक हुने गर्छ । सायद स्टार्कलाई किनेर उनले केही फरक गर्न खोजेका हुन् । यस्तोमा कोलकाताको अबको मुख्य अस्त्र भनेकै स्टार्क हुनेछन् ।

कमिन्सलाई भने सनराइज हैदराबादले किनेको हो । त्यो पनि २०.५० करोड भारतीय रुपैयाँमा । एकपल्ट च्याम्पियन र अर्को पल्ट उपविजेता रहेको हैदराबाद पछिल्ला तीन सिजन सन्तोषजनक छैनन् । यी तीनै अवसरमा गुजरातको प्रदर्शन असाध्यै खराब रह्यो । अझ सन् २०२३ को पछिल्लो संस्करणमा त उसको खराब प्रदर्शनले हदै नाघेको थियो, दस टिममध्ये दसौं स्थानमा रहेर ।

यति धेरै अस्थिर प्रदर्शनको एउटा ठोस कारण सही कप्तान नभएर पनि हो । हैदराबादको समस्या नै कप्तानीमा थियो, यी पछिल्ला तीन सिजन । त्यसैले पनि हैदराबादले कमिन्सलाई चाहेको हो । कमिन्सको बलिङ त राम्रो छ नै, उनी ठिक्कका ब्याटर पनि हुन् । चाहिएको बेला रन बनाउन सक्छन् । उनको फास्ट बलिङको सबैभन्दा ठूलो विशेषता भन्नु नै त्यो सटिक हुनु हो । भनेको उनी लगातार आफूले चाहेजस्तै बलिङ गर्न माहिर छन् ।

विश्वकप विजेता खेलाडीका रूपमा चम्केका उनीहरू दुई जना मात्र होइनन् । ट्रेभिस हेडले पनि ६.८ करोड भारुको भाउ पाए, हैदराबादबाटै । न्युजिल्यान्डले त्यस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसमा सबैभन्दा राम्रो खेलेका थिए, ड्यारल मिचेलले । त्यसैले त उनलाई चेन्नाई सुपर किंग्स १४ करोड भारु खर्चिन तयार भयो । न्युजिल्यान्डकै रचिन रवीन्द्रलाई चेन्नाईले १.८ करोड तिर्‍यो । दक्षिण अफ्रिका पनि फाइनल पुगेको थियो ।

त्यस पछाडिका प्रमुख कारण थिए, जेराल्ड कोएट्जीको धारिलो बलिङ । उनले २० विकेट लिए । त्यसबाटै प्रभावित भएर मुम्बई इन्डियन्सले उनलाई पाँच करोड खर्चिन दुई पल्ट सोचेन । यसपल्टको अक्सनमा देखिएको अर्को विशेषता रर्‍यो, अधिकांश टिमले पेस बलरलाई महत्त्व दिएको पाइयो । त्यसको अर्थ स्पिनरहरूलाई धेरैले भाउ दिएनन् । त्यसैले सबैभन्दा बढी मूल्य पाउने शीर्ष ६ बलरमध्ये पाँच त पेसर नै रहे । भारतसँगै पर्याप्त स्पिनर भएर पनि त्यस्तो भएको हुन सक्छ ।

र, अन्त्यमा अर्को महत्त्वपूर्ण प्रश्न अहिले नै ‘मिनी अक्सन’ किन चाहिएको थियो त ? पछिल्लो सिजनको आईपीएलको एउटा ठूलो विशेषता रह्यो । सहभागी टिमबीचको स्तर अन्तर धेरै देखियो । केही टिम असाध्यै बलिया देखिए । केही टिमको प्रदर्शन वास्तवमै खराब रह्यो । आईपीएलको लागि त यो राम्रो थिएन नै । अब सन् २०२५ का लागि ‘मेगा अक्सन’ हुनेछ । त्यति बेला खेलाडी किन्ने सूत्र भने फरक हुन सक्नेछ । तर अहिलेकै लागि अनुभव नै बढी प्राथमिकतामा पर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...