मुख्य समाचार
नातावादबारे अजय देवगन भन्छन्, 'सबैले उत्तिकै मेहनत गर्नुपर्छ'
नातावादबारे अजय देवगन भन्छन्, 'सबैले उत्तिकै मेहनत गर्नुपर्छ'

— बलिउडका लागि नातावाद (नेपोटिज्म) टाउको दुखाइको विषय हो । नातावादले बलिउडमा स्थापित हुने कलाकारलाई त यो विषयले सधैँ पछ्याइरहेकै हुन्छ ।

यो हप्ता अजय देवगनलाई पनि निर्देशक करण जोहरले नातावादको प्रश्न उठाइहाले । यो विषयमाथि वेब सिरिज नै बनाउने घोषणा गरेका करणलाई धेरैले नातावाद भजाउने निर्देशकका रूपमा पनि व्याख्या गर्छन् । करणले नातावादकै विषयमाथि प्रश्न गर्दा अजयले बलिउडमा स्थापित हुन सहज नभएको बताए । साथै, नातावादकै कारण फिल्म क्षेत्रमा आए पनि सबैले बराबर मिहेनत गर्नुपर्ने धारणा राखे ।


'अहिले सामाजिक सञ्जालमा नेपोटिज्मको कुरा जहीँतहीँ देखिन्छ । तर, त्यो स्थानसम्म पुग्न पुस्तौं-पुस्ताले गरेको मेहनत बुझ्दैनन् । त्यहाँ पुग्न सहज छैन नि,' अजय देवगन भन्छन्,'यो स्थापित हुन ३०-३० वर्ष लाग्छ । चाहे तपाईं यो उद्योगको हुनुस् अथवा बाहिरको । सबैको लागि संघर्ष बराबर हुन्छ । त्यसैले सबैले कडा परिश्रम गर्नैपर्छ ।'

आफूले अझै बलिउडमा मिहेनत गरिरहेको उनको दाबी छ । 'हामी अझै मेहनत गर्छौं । मेरा घुँडा मर्कियो तर त्यो मिहेनत हेर्दैनन् । जब रोहित(सेट्टी)सहायक भएर काम गर्दै थियो त्यतिबेला खाना खानलाई समेत उसँग पैसा हुँदैन थियो,'रोहिततर्फ हेर्दै अजयले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...