। बलिउड अभिनेता अरवाज खानले आगामी आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्ने भएका छन् । इण्डिया टुडेका अनुसार विवाहमा नजिकका परिवार र आफन्त उपस्थित हुनेछन् ।
यी दुईको पहिलो भेट ‘पटना शुक्ला’को छायांकन सेटमा भएको थियो । मलाइका अरोरासँग दाम्पत्य जीवन टुंगिएपछि यो उनको दोस्रो विवाह हुनेछ । मलाइका र अरबाजले मार्च २०१६ मा अलग भएको घोषणा गरेका थिए । सन् १९९८ मा विवाह गरेको १९ वर्षपछि ११ मे २०१७ मा आधिकारिक रूपमा सम्बन्धविच्छेद गरे ।
जर्जिया एन्ड्रियानीसँग अरबाजको ब्रेकअपको समाचार गत साता सार्वजनिक भएको थियो । यसअघि जर्जियाले पिंकभिलासँग कुरा गर्दै अरबाजसँगको ब्रेकअपको पुष्टि गरेकी थिइन् ।
‘हामी साथी थियौं, मिल्ने साथी जस्तै थियौं । उहाँप्रति मेरो भावना सधैं रहनेछ, सधैं गरिरहनेछु,’ उनले भनेकी थिइन्, ‘मलाईका (अरोरा)सँग उनको जुन सम्बन्ध थियो, त्यसले मेरो सम्बन्धमा बाधा परेको थिएन । म अहिले कसैको प्रेमिका भनेर चिनिन्छु, मलाई पक्कै पनि यो धेरै अपमानजनक लाग्छ । हामी दुवैलाई थाहा थियो कि यो सधैंभरि टिक्ने थिएन । यो धेरै फरक थियो ।’
शुरा बलिउड मेकअप आर्टिस्ट हुन् ।