मुख्य समाचार
चेक रिपब्लिकको एक विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ विद्यार्थीको मृत्यु
चेक रिपब्लिकको एक विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ विद्यार्थीको मृत्यु

: चेक रिपब्लिकको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेमध्ये ५-६ जना गम्भीर रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

त्यहाँका प्रहरी प्रमुख मार्टिन भोन्ड्रसेकले उक्त आक्रमण आतंकवादी नभएको बताएका छन्। आक्रमण गर्ने २४ वर्षीय पुरुष रहेको र उनी पनि मृत फेला परेको भोन्ड्रसेकले सञ्चारमाध्यमलाई बताए। पहिचान नभएका ती व्यक्ति पनि चार्ल्स विश्वविद्यालयमै दर्शनशास्त्रका विद्यार्थी रहेको बताइएको छ।

अन्धाधुन्ध गोली प्रहार हुन थालेपछि विश्वविद्यालयका विद्यार्थीहरूले कक्षाकोठा बन्द गरेका थिए। केही विद्यार्थीहरू भने विश्वविद्यालयका बाल्कोनीमा लुकेर बसेका थिए। ती तस्बिहरू अहिले सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्। क्रिसमसको विदा हुनुअघि त्यहाँ नियमित कक्षा सञ्चालन हुँदै आएको थियो। बिहीबार पनि नियमित कक्षा सञ्चालन भइरहेकै बेला गोली चलेको स्थानीयहरूलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

चेक रिपब्लिकका राष्ट्रपति पेटर पावेलले घटना सुनेर स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले मृत्यु भएका परिवाजनमा समवेदना प्रकट गरेका छन्।

त्यस्तै प्रधानमन्त्री पेटर फियालाले आफ्नो नियमित भेटघाट बन्द गरेका छन्। उनले प्रहरीसँग आफू नियमित सम्पर्कमा रहेको बताउँदै आपतकालीन अवस्थाको पालना गर्न त्यहाँका नागरिकहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...