मुख्य समाचार
ओस्करको सर्टलिस्टमा 'बार्बी' अगाडि
ओस्करको सर्टलिस्टमा 'बार्बी' अगाडि

— 'द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्स'ले ओस्करको ९६ औं सँस्करणको १० विधामा सर्टलिस्ट सार्वजनिक गरेको छ । यो वर्ष बक्स अफिसमा तहल्का पिटेको ग्रेटा गेर्विकको 'बार्बी'ले पाँच विधा ओगट्न सफल भएको छ ।

ध्वनि, ओरिजिनल स्कोर र ओरिजिनल गीतका लागि मात्रै तीन स्थान ओगटेको 'बार्बी' नै सर्टलिस्टमा धेरै उपस्थिति जनाउने फिल्म बनेको छ ।


यो फिल्मले 'मेकअप हेयर'को विधामा पनि उपस्थिति जनाउने अपेक्षा गरिएको थियो । तर, ओस्करको सर्टलिस्टले सबैलाई चकित बनाएको छ । 'द कलर अफ पर्पल', 'गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम थ्री' भने सर्टलिस्टमै परेन । क्रिस्टोफर नोलनको 'ओपनहाइमर'ले भने तीन विधामा उपस्थिति जनाएको छ । मेकअप एन्ड हेयरस्टाइलिङ, ध्वनि र ओरिजिनल स्कोरतर्फ फिल्मले स्थान बनाएको हो ।

ओस्करलाई यो वर्ष जिम्मी किम्मेलले सञ्चालन गर्ने घोषणा भएको छ । एकेडेमीले सर्टलिस्ट सार्वजनिक गर्दै लेख्यो,'पक्कै हाम्रो रहस्य तपाईंले थाहा पाइसक्नुभयो । ९६ औं ओस्करलाई जिम्मी किम्मेलले होस्ट गर्नेछन्, पुन:स्वागत छ जिम्मी । डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, अन्तर्राष्ट्रिय फिचर, मेकअप एन्ड हेयरस्टाइलिङ, ध्वनि, ओरिजिनल स्कोर, ओरिजिनल गीत, एनिमेटेड सर्ट फिल्म, लाइफ एक्सन सर्ट फिल्म, भिजुअल इफेक्ट्स शीर्षकमा सर्टलिस्ट सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...