मुख्य समाचार
प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु
प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु

— चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा एक गोली चल्दा बन्धुकधारीसहित १५ जनाको मृत्यु भएको छ । बिहीबार प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु भएको हो । आक्रमणमा २४ जना घाइते भएको चेक अधिकारीहरूले जनाएका छन् ।

२४ वर्षीय विद्यार्थीले चार्ल्स विश्वविद्यालयको मानविकी संकायको भवनमा अन्धाधुन्ध गोली चलाएका हुन् । युवकले गोली चलाउँदा विद्यार्थी र कर्मचारीहरू आफैं ढोका लगाएर कोठाभित्र सुरक्षित बस्ने प्रयास गरेका थिए । घटनास्थलबाट २०० विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको थियो ।


चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फियालाले 'नृशंस घटनालाई कुनै पनि हालतमा न्यायोचित' मान्न नसकिने बताएका छन् । प्रहरी अधिकारीहररुले अनुसार आक्रमणकारी विद्यार्थी विदेशमा भएका यस्ता आक्रमणमबाट 'प्रेरित' भएको हुन सक्ने अनुमान गरेका छन् । आक्रमणकारी राजधानी प्रागाबट २१ किलोमिटर टाढाको गाउँको बासिन्दा रहेका थिए ।

गत हप्ता प्रागनजिकैको जंगलमा दुई जनाको मृत्यु भएको घटनामा समेत उनी जिम्मेवार रहेको अनुमान छ । सन् १३४७ मा स्थापित चार्ल्स विश्वविद्यालयको मानविकी संकाय ऐतिहासिक सहर प्रागको केन्द्रमै रहेको छ । नजिकै वल्तावा नदीमाथि चौधौं शताब्दीमा बनेको चार्ल्स ब्रिज र र ओल्ड टाउन स्क्वायरसमेत रहेको छ । ओल्ड टाउन स्क्वायर पर्यटकीय केन्द्रसमेत हो । स्वतन्त्र चेक रिपब्लिकको इतिहासमा यो घटना सबैभन्दा घातक आक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...