मुख्य समाचार
नक्कली फेसबुक आइडी बनाएर 'ब्ल्याकमेलिङ' गरेको आरोपमा तीन जना पक्राउ
नक्कली फेसबुक आइडी बनाएर 'ब्ल्याकमेलिङ' गरेको आरोपमा तीन जना पक्राउ

— सामाजिक सञ्जाल फेसबुकमा महिलाको नाम राखेर फेक अकाउन्ट बनाएर 'ब्ल्याकमेलिङ' गरी पैसा असुलेको आरोपमा चितवन प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१३ का २० वर्षीय प्रवेश रिमाल, कास्की पोखरा महानगरपालिका-२९ बस्ने २२ वर्षको अनुराग घिमिरे र सिराहा लाहान नगरपालिका-१ का १९ वर्षीय युनिक सिंह रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई बुधबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका-१६ बाट नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट चारवटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगद पनि बरामद गरेको डीएसपी पण्डितले बताए ।

महिलाको नाममा उनीहरूले फेक अकाउन्ट बनाएर पुरूषहरूलाई साथी बनाउने र भिडियो च्याटमा कुराकानीसँगै अश्लिल भिडियो तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान सरू गरेको डीएसपी पण्डितले बताए । उनीहरूले भिडियो कल गरेर भिडियो र फोटो देखाएर पैसा माग्ने र नदिए सार्वजनिक गर्ने धम्की दिने गरेको भन्ने उजुरी परेको छ । उनीहरूले कास्कीमा पनि त्यसो गरेर पैसा असुलेको देखिने डीएसपी पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ। ९ चैत, काठमाडौं । ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटक बेच्न दबाब दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थपेको समयसीमा सकिन दुई साता मात्रै बाँकी छ । यो अवधिमा टिकटक किन्न ओर्‍याकल, वालमार्टजस्ता ठूला प्रविधि कम्पनी अघि सरेका छन् । तर, स्वामित्वकर्ता चिनियाँ कम्पनी बाइटडान्सले टिकटक बेच्नुभन्दा बरु अमेरिकामा व्यवसाय नै बन्द गर्न ज्यादा रुचि देखाएको छ । योसँगै झन्डै १८ करोड प्रयोगकर्तासहित अमेरिकामा लोकप्रिय ...
— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा ...
— जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर ...
। दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक ...