:पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट ६ जना मजदुरको हत्या भएको छ। हत्या भएका ६ जना मदजुर दक्षिणी बजीरिस्तान जिल्लामा बन्दै गरेको एक पुलिस स्टेसनमा काम गर्ने मजदुर हुन्।
उनीहरू पालभित्र रहेको अवस्थामा नजिकैबाट गोली प्रहार भएको बताइएको छ। यसअघि डिसेम्बर १२ तारिखमा खैबर पख्तुनख्वा प्रान्तमा सेनाको परिसरमा भएको आक्रमणमा कम्तिमा २३ जनाले ज्यान गुमाएका थिए।
पाकिस्तानी तालिवानसँग सम्बन्धित एक संगठनले सो हमलाको जिम्मा लिएको थियो। अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रिदै गएको छ।