: करिब ३०० भारतीय यात्रु बोकेर निकारागुआ गइरहेको एउटा विमान फ्रान्समा अवतरण भएको छ ।
समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीलाई उद्धृत गर्दै विमानका यात्रुहरूलाई हिरासतमा लिइएको र उनीहरू 'मानव तस्करीको शिकार' हुन सक्ने बताएको छ।
यो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो र अहिले पनि भात्री विमानस्थलमा छ । इन्धन भर्न यहाँ ल्याएको थियो । यो ए३४० विमान रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सले सञ्चालन गरेको जानकारी दिइएको छ ।
एएफपीका अनुसार यस समाचारको जानकार स्रोतका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने थियो। बीबीसी