— संयुक्त अरब इमिरेट्सबाट ३०३ भारतीय यात्रु लिएर उडेको जहाज शुक्रबार फ्रान्समा उतारिएको छ । उक्त विमान निकारागुआका लागि उडेको बताइएको छ ।
फ्रान्सेली मिडियाहरूका अनुसार रोमानियाली लिजेन्ड एयरलाइन्सको एयरबस ए-३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गियो । उक्त विमान चार्टड गरिएकोसमेत बीबीसी हिन्दीले जनाएको छ ।
विशेष सूचनाका आधारमा उक्त विमानलाई पेरिसभन्दा १५० किलोमिटर दूरीमा रहेको वेटरी विमानस्थलमा उतारिएको थियो । सुरक्षा अधिकारीहरूले विमानमा सवार केहीय यात्रुलाई नियन्त्रणमा लिएर विमानस्थल नै सिल गरेका थिए । घटनाका बारेमा अनुसन्धान जारी रहेको पनि फ्रान्सेली अधिकारीले जनाएका छन् ।
पेरिसस्थित भारतीय दूतावासले उक्त विमानलाई फ्रान्सको एक विमानस्थलमा 'टेक्निकल हल्ट' कारण रोकिएको जनाएको छ । साथै भारतीय दूतावासका अधिकारी विमानस्थलमा पुगिसकेका पनि छन् । उनीहरूले पनि घटनाको जाँच गरिरहेको दूतावासले जनाएको छ ।