मुख्य समाचार
अमेरिकाद्वारा नयाँ ट्राभल एडभाइजरी : नेपालमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
अमेरिकाद्वारा नयाँ ट्राभल एडभाइजरी : नेपालमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

— अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको जिकिर गर्दै यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।

‘जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।


अमेरिकाको नेपाललक्षित पछिल्लो ट्राभल एडभाइजरीलाई लेभल–२ उल्लेख गरिएको छ । जसको अर्थ नेपाल यात्रा गर्दा सावधानी अपनाउनुपर्ने भन्ने हो । ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ । विदेश मन्त्रालयले आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि सुझाव दिएको छ । साथै, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न पनि उक्त एडभाइजरीमा भनिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमणका लागि गत असार ८ मा ल्याएको ट्राभल एडभाइजरीमा ६ महिनापछि अद्यावधिक गर्दै नयाँ ल्याएको हो । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य कुनै पनि मुलुकले आफ्नो ट्राभल एडभाइजरी ल्याउनु वा फेरबदल गर्नुलाई स्वाभाविक मान्छन् । ‘नेपालले पनि आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गर्ने गरेको छ । अमेरिकाले आफ्ना नागरिकलाई सुसूचित गर्नका लागि ट्राभल एडभाइजरी ल्याउने गरिरहन्छ,’ उनले थपे, ‘नयाँ एडभाइजरी कर्णाली क्षेत्रमा पछिल्लो पटक गएको भूकम्प र त्यससँगै राजधानीमा भएका केही नागरिक आन्दोलनलाई ध्यानमा राखेर ल्याएको हुन सक्छ ।’

अमेरिकीहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा जाँदा जानकारी दिनु स्वाभाविक रहेको उनको भनाइ छ । तर यसरी अन्य मुलुकले नेपालको सम्बन्धमा ट्राभल एडभाइजरी निकाल्दा राम्रो सन्देश नजाने आचार्यले उल्लेख गरे । ‘अमेरिकाले ट्राभल एडभाइजरी निकाले पनि नेपाली दूतावास वा नेपाल सरकारले पहल गर्दै त्यसलाई हटाएर नयाँ अपडेट गर्न सक्छ । पहिले पनि पुरानोलाई हटाएर नयाँ अपडेट भएको घटना छ,’ आचार्यले भने ।


पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ कुनै पनि सरकारले आफ्ना नागरिकले अर्को मुलुकमा भ्रमण गर्दा त्यहाँको स्थानीय वातावरणका बारेमा जानकारी दिन ट्राभल एडभाइजरी जारी गर्दै आएको उल्लेख गरे । अमेरिकाले जारी गरेको ट्राभल एडभाइजरीमाथि टिप्पणी गर्दै उनले भने, ‘यहाँ अहिले त्यस्तो केही पनि घटना भएजस्तो देखिँदैन । राजनीतिक दलहरूले आ–आफ्नै सभा गर्छन् र आ–आफ्नै बाटो लाग्छन् । किन यस्तो जारी गरिएको भन्ने थाहा छैन ।’

श्रेष्ठले यस सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारसँग कुरा गर्नुपर्ने बताए । ‘हाम्रो परराष्ट्र मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर नेपालमा त्यस्तो घटना केही पनि नभएको र यस सम्बन्धमा आएको ट्राभल एडभाइजरी परिवर्तन गर्नुपर्छ भन्ने कुरा बताउनुपर्छ,’ श्रेष्ठले थपे । नेपालमा अहिले कुनै पनि विदेशी नागरिकमाथि आक्रमण नभएको र त्यस्तो अवस्थामा किन ट्राभल एडभाइजरी आयो भन्नेबारेमा बुझ्न जरुरी भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...