— बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले शिविर आयोजना गरी सुधार गृहमा रहेका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको हो ।
शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पातालबाट विशेषज्ञ डाक्टरहरुको टोली खटिएको थियो ।
शिविरमा सुधार गृहमा रहेका २०७ जना बालबन्दीहरूको स्वास्थ्य परीक्षण गरी औषधि दिइएको संघकी लुम्बिनी प्रदेश अध्यक्ष सन्ध्या जोशीले जानकारी दिइन् ।