मुख्य समाचार
विश्व बजारमा ‘सलार’को कमाइमा उछाल, तीन दिनमा ४०० करोड भारु
विश्व बजारमा ‘सलार’को कमाइमा उछाल, तीन दिनमा ४०० करोड भारु

। अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु (२९५.७ करोड भारु) कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार पहिलो दिन विश्वब्यापी १७८.७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४.३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो । तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ ।

‘सलार’ले शुक्रबार भारतमा ९०.७ करोड भारु, शनिबार ५६.३५ करोड र आइतबार ६१ करोड भारु कमायो । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । यससँगै भारतको कूल कलेक्सन १०६ करोड ४३ लाख भारु छ ।

‘डंकी’ले बिहीवार भारतमा २९.२ करोड भारु, शुक्रबार २०.१२ करोड भारु, शनिबार २५.६१ करोड भारु र आइतबार ३१.५० लाख भारु कमायो । ‘डंकी’, ‘सलार’ भन्दा एकदिनअघि रिलिज भएको थियो ।

फिल्मले ‘क्रिसमस’मा राम्रो व्यापार गर्ने अपेक्षा व्यापार विज्ञले गरेका छन् । फिल्मले ‘वर्ड अफ माउथ’ पब्लिसिटीबाट निकै फाइदा उठाइरहेको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४९.६७ प्रतिशत थियो । ‘डंकी’ले तीन दिनमा विश्वब्यापी १५७.२२ करोड भारु कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...