मुख्य समाचार
कोरोना जेएन.वन भेरियन्ट : नेपाल ‘हालसम्म सुरक्षित’
कोरोना जेएन.वन भेरियन्ट : नेपाल ‘हालसम्म सुरक्षित’

: कोरोना भाइरसको सब भेरियन्ट ‘जेएन.वन’को संक्रमणको जोखिममा नेपाल रहे पनि हालसम्म मुलुकभित्र संक्रमित फेला परेका छैनन्। कोरोना पोजेटिभ व्यक्तिको स्वाब संकलन गरी आणुवंशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्दा नयाँ भेरियन्ट नभित्रिएको पुष्टि भएको हो।


सीमापारि भारतमा जेएन.वन भेरियन्टको संक्रमणबाट चार जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। द्रुतरूपमा फैलिरहेको यस भेरियन्ट नेपाल भित्रिए÷नभित्रिएको पत्ता लगाउन पुस पहिलो साता १२ जनाको जिन सिक्वेन्सिङ गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा जिन सिक्वेन्सिङ गरिएको हो।


प्रयोगशालाका सूचना अधिकृत कृष्णप्रसाद जैसीका अनुसार, जिन सिक्वेन्सिङ गर्दा जेएन.वन भेरियन्टको संक्रमण पुस्टि भएन। ‘कोभिड पोजेटिभ देखिएका केही नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको हो। ओमिक्रोनकै संक्रमण देखियो। नयाँ जेएन.वनको संक्रमण देखिएन,’ उनले भने,


‘कोभिड पोजेटिभ आएका थप नमुनाहरू जिन सिक्वेन्सिङको लागि पठाउन विभिन्न अस्पताल प्रयोगशालाहरूमा पत्राचार गरेका छौं।’ गत कात्तिक र मंसिर महिनामा संकलित नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला र सीमा नाकामा रहेको हेल्थ डेस्कबाट कोभिड पोजेटिभ आएका व्यक्तिको जिन सिक्वेसिङ गरिएको हो। जिन सिक्वेन्सिङलाई आगामी महिना पनि निरन्तरता दिइने सूचना अधिकृत जैसीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाबाट स्वदेश फर्केका संक्रमितको स्वाब संकलनलाई प्राथमिकता राखिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पुस्टि भएको कोभिड—१९ को नयाँ सब भेरियन्ट जेएन.वन भेरियन्ट नेपालमा नदेखिएको बताए। कोभिडविरुद्धको खोप नलगाएका व्यक्तिमा संक्रमणको जोखिम रहेको उल्लेख गर्दै डा. बुढाथोकीले रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगबाट पीडित र ज्येष्ठ नागरिकलाई खोप लगाउन आग्रह गरे। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले भारतमा संक्रमण फैलिएकोले जोखिम उच्च रहेको उल्लेख गर्दै सीमा नाकाहरूमा परीक्षणको दायरालाई बढाउनुपर्ने बताए। ‘सीमा वारपारमा गर्नेहरूमा विशेष ध्यान दिनुपर्छ। भारतबाट फर्केका व्यक्तिको परीक्षण गरी शंकास्पद व्यक्तिलाई विशेष निगरानीमा राख्नुपर्छ,’ डा. प्याकुरेलले भने, ‘परीक्षणको दायरा बढाउनुपर्छ। कोभिड महामारी हुँदा बनाइएका संरचनालाई व्यवस्थित गर्नुपर्छ। अनुभवी जनशक्ति यथाशीघ्र परिचालन गर्नुपर्छ।’

डब्लूएचओ ले जेएन.वन सब भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा वर्गीकरण गरेको छ। डब्लूएचओ दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले विशेषगरी उच्च जोखिममा रहेका मानिसहरूका लागि कोभिड—१९ र र इन्फ्लुएन्जाविरुद्धको खोप लगाउन सुझाव दिँदै निगरानी गर्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेकी छिन्। भारतमा पछिल्लो भेरियन्टको संक्रमणबाट चार जनाको ज्यान गएको छ। सात सयभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो भेरियन्ट पहिलो पटक गत सेप्टेम्बरमा अमेरिकामा देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए