मुख्य समाचार
खर्च घटाउन ५० जोडीले गरे सामूहिक समारोहमा विवाह
खर्च घटाउन ५० जोडीले गरे सामूहिक समारोहमा विवाह

: गरिब मुलुकमा परम्परागत विवाहमा हुने ठूलो खर्च कम गर्ने बढ्दो अभ्यासका रूपमा अफगानिस्तानको राजधानीमा सोमबार एउटा संयुक्त समारोहमा ५० जोडीको विवाह भएको छ।

दर्जनौँ दम्पती काबुलस्थित विवाह हलहरूमध्ये एकमा सहभागी भए र विवाह बन्धनमा बाँधिए तर उक्त समारोह केही हदसम्म साधारण थियो। सन् २०२१ अगस्टमा तालिबान सत्तामा आएपछि विवाह कम महत्त्वपूर्ण मामिला बनेको छ। अधिकारीहरूले त्यस्ता गतिविधिलाई गैर–इस्लामिक ठानेपछि नृत्य र सङ्गीतमाथि प्रभावकारीरूपमा प्रतिबन्ध लगाएका छन्


विमानस्थलनजिकै सिटी स्टार विवाह हलअगाडि परम्परागत सलवार कमिज लगाएका करिब एक सय जना पगडीधारी पुरुषहरू समूहमा कुराकानी गरिरहेका थिए। त्यहाँ एक जना पनि महिला थिएनन्। नवविवाहित जोडीलाई लैजानका लागि उनीहरूले कारहरूलाई हरियो रिबन र प्लास्टिकको रातो गुलाबले मुटु बनाएर सजाएका थिए।

केही घन्टामै आफ्नी दुलहीसँग जान लागेका १८ वर्षीय रुहुल्लाह रेजाईले उनी एक्लैले विवाहको खर्च धान्न नसक्ने एएफपीलाई बताए। 'परम्परागत विवाहमा हामीलाई कम्तीमा पनि दुई लाखदेखि दुई लाख ५० हजार अफगानी मुद्रा (दुई हजार आठ सयदेखि तीन हजार छ सय अमेरिकी डलर) खर्च हुने थियो तर यो पटक यो १० हजारदेखि १५ हजार अफगानी मुद्राको बीचमा खर्च हुनेछ', उनले भने।

हजारा शिया अल्पसङ्ख्यक र घोर प्रान्तका यी युवाले सानातिना काम गरेर दैनिक मुस्किलले तीन सय ५० अफगानी मुद्रा कमाउँछन्। 'हामीले हाम्रा दुई परिवारबाट ३५ जनालाई निमन्त्रणा गर्यौँ, अन्यथा यो तीन सयदेखि चार सयसम्म हुन्थ्यो', उनले भने।

सामूहिक विवाह समारोहको आयोजना गर्ने सेलाब फाउन्डेसनबाट प्रत्येक जोडीलाई दिइएको चन्दा एक हजार छ सय डलर बराबरको छ। उक्त रकम विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक अफगानिस्तानमा ठूलो राशि हो।

नवविवाहित जोडीले वैवाहिक जीवन सुरु गर्नका लागि एउटा केक, टुथपेस्ट, स्याम्पु र मोइस्चराइजर भएको एउटा किट, गलैँचा, कम्बल र केही घरेलु उपकरण लिएर निक्लने छन्।

परम्परागत पाटु सलमा बेरिएका सयौँ पुरुष अतिथिहरू मालाले झुन्डिएको एउटा ठूलो र चिसो हलमा आयोजित समारोहमा सहभागी भए। सदाचारको प्रवर्द्धन र खराबीलाई रोक्नका लागि मन्त्रालयका एक अधिकारीले सम्बोधन गरे र त्यहाँ कुरानको पाठ पढियो।

यद्यपि बेहुलीहरूलाई छुट्टै लहरमा नजरबाट टाढा राखिएको थियो र पत्रकारहरूलाई उनीहरूसमक्ष पुग्न निषेध गरिएको थियो। दिउँसोको भोजनपछि महिलाहरू सम्पूर्णरूपमा पर्दा लगाएको अवस्थामा देखा परे।

अफगानिस्तानमा ठूलो र खर्चिलो विवाहहरूमा एक हजारभन्दा बढी पाहुना एकैसाथ आउनसक्छन् र खर्च २० हजार डलरभन्दा धेरै हुनसक्छ। सोमबारको सामूहिक विवाहका लागि छ सय जोडीले निवेदन दिएका थिए। छनोट गरिएका केही भाग्यशालीका लागि यो लामो प्रतीक्षा भएको छ।

काबुल प्रान्तका २३ वर्षीय किसान सहिउल्लाह जमानीले भने, 'म यही दिनका लागि तीन वर्षदेखि प्रतीक्षा गरिरहेको थिएँ।' आफ्नी दुलहीका बारेमा उनले भने, 'म उनलाई हेर्न लामो प्रतीक्षा गर्न सक्तिनँ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...