मुख्य समाचार
ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु
ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ वर्षको थियो । सन् १९७३ जुलाई २० मा ।

ब्रुस लीको ख्याती जति चमत्कारिक छ, उत्तिनै रहस्यमयी छ उनको मृत्यु । मार्सल आर्ट कलाकार एवम् हलिउड अभिनेता ब्रुस ली कसरी अल्पायुमै बिते ?

ब्रुस लीको मृत्यु हुँदा उनकी छोरी शानोन ली चार वर्षकी मात्र थिइन् । आफ्ना पितासँग बिताएको क्षणहरुलाई स्मरणीय राख्न उनले एक वृत्तचित्र बनाएकी थिइन् । शानोनले त्यसबखत ब्रुस लीसँग जोडिएको केही कुरा बीबीसीसँग साझेदार गरेकी थिइन् ।

बीबीसीसँग शानेनेले भनेकी छिन्, ‘मलाई त्यस्तो धेरै त केही याद छैन । आफ्नो घरको आँगनमा उनीसँग खेलेको सम्झना छ । हङकङमा हाम्रो अलग्गै घर थियो, जुन त्यहाँको लागि ठूलो कुरा थियो । मार्सल आर्टबिना हाम्रो घरमा बस्नु असम्भव थियो । उनी हामीलाई लात–मुक्का हान्न सिकाउथे । हामी कुस्ती एकदमै धेरै खेल्थ्यौं । मेरो पितालाई लाग्थ्यो कि बच्चाका लागि जूडो एकदमै उपयुक्त हो ।’

नयाँ फिल्ममा काम

मार्सल आर्टमार्फत एक नयाँ इतिहास रच्न चाहन्थे । उनी फिल्म सुटिङ र आफ्नो कुंग फू एकेडेमीको काममा व्यस्त रहन्थे । मृत्युको बखत उनी न धेरै बिरामी थिए न कुनै समस्याबाट ग्रस्त नै । अचानक उनको स्वास्थ्य बिग्रियो र भौतिक संसारबाट बिदा लिए ।

उनको मृत्युबारे स्मरण गर्दै शेनान भन्छिन्, ‘यो एक दु:खद दुर्घटना थियो । उनी एकदमै स्वस्थ र फिट थिए र आफ्नो करियरको उत्कर्षमा थिए । अचानक एक एलर्जिक रियक्सनबाट उनको मृत्यु भयो । त्यसदिन उनी आफ्नो एक सहयकर्मीसँग अपार्टमेन्टमा थिए । उनीहरु नयाँ फिल्ममा काम गरिरहेका थिए । अचानक उनको टाउको दुख्यो । दुखाई कम गर्ने औषधि दिइयो । उनको मस्तिष्कमा रक्तश्राव भयो । ऊ ढल्यो र फेरि कहिल्यै उठेनन् ।’

ब्रुस लीको अन्तिम यात्रको स्मरण गर्दै शेनान भन्छिन्, ‘मलाई हङकङमा भएको अन्तिम यात्राको सम्झना छ । हजारौं, लाखौं मान्छे सडकमा ओर्लिएका थिए । मैले शोकको बेला लगाउने पारम्पारिक सेतो चिनियाँ पहिरन लगाएकी थिएँ । उनलाई खुला कफिनमा राखिएको थियो । यो एकदमै विचलन ल्याउने खालको थियो ।’

ब्रुस लीले आफ्नो जीवनकालमा धेरै फिल्म खेलेनन् । तर, जुन फिल्म खेले त्यसले उनलाई इतिहासकै चर्चित व्यक्तिको पंक्तिमा उभ्याइदियो । मार्सल आर्टको उनको कलाले विश्वलाई मोहित बनाइदियो । शेननलाई लाग्छ, ब्रुस लीको असली ख्याती भने उनको मृत्युपछि हासिल भयो ।

अभिनेताभन्दा बढी मार्सल आर्टिस्ट

मृत्युअघि उनी हङकङ र दक्षिण पूर्वी एसियामा ठूलो स्टार बनिसकेका थिए । उनी सडकमा हिँड्न सक्दैनथे । उनी जहाँ पुग्थे, भिडले छोपिहाल्थ्यो । मान्छेहरु उनलाई प्रत्यक्ष हेर्न, फोटो खिच्न र अटोग्राफ लिन आतुर हुन्थे । यद्यपि पश्चिममा उनी त्यती धेरै ठूलो स्टार थिएनन् ।

हलिउडको कम्पनी वार्नर ब्रदर्सको सहयोगमा बनेको उनको फिल्म ‘एन्टर द ड्रागन’ उनको मृत्युको एक महिनाअघि सार्वजनिक भयो । यो फिल्मले उनलाई नयाँ उचाई दिलायो र बाँकी फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउने बाटो खोलिदियो । त्यसपछि उनको क्रेज निरन्तर आकासियो ।

यद्यपि ब्रुस लीको दुनियाँ केवल एक फिल्म अभिनेताको रुपमा होइन, बरु एक उम्दा मार्सल आर्ट कलाकारको रुपमा रह्यो । ब्रस ली स्वयम् पनि मार्सल आर्टलाई सर्वाधिक महत्व दिन्थे ।

ब्रस लीको मार्सल आर्टबारे शेनान भन्छिन्, ‘उनले आफ्नो जीवनमा मार्सल आर्टलाई एक अलग कलाको रुपमा विकास गरे । उनी स्वयम् अभिनेता वा लेखकभन्दा बढी मार्सल आर्टिस्ट मान्थे । उनले आफ्नो कलामा सादगी, सरलता र स्वतन्त्रतालाई सर्वोपरी माने । पुरानो र पारम्पारिक तरिकाले स्वतन्त्रता नै उनको कलाको आधार थियो ।’

पूर्वाग्रहको शिकार

ब्रुस लीलाई जब हङकङमा बस्न कठिन भयो, तब उन्नत जीवनको खोजीमा अमेरिका पुगे । सफलताको शिखरमा पुगेका यी स्टारले अमेरिकामा भने पुन संघर्ष गर्न थाले । तर, त्यहाँ पनि उनले कति पटक पूर्वाग्रहको सामना गर्नुपर्‍यो ।

शेनन भन्छिन्, ‘मेरो पिताले आफ्नो जीवनमा हर स्तरमा पूर्वाग्रहको सामना गर्नुपर्‍यो । हलिउडमा उनले चिनियाँ हुनुको पूर्वाग्रह झेल्नुपर्‍यो । यद्यपि बाल्यकालमा उनले हङकङमा पनि पूर्वाग्रहको समना गर्नुपरेको थियो । खासमा मेरो पिता पूर्णरुपमा चिनियाँ थिएनन् । उनकी आमा एक अर्धश्वेत महिला थिइन् । एक विद्यालयमा उनलाई यसकारण निकालिएको थियो कि उनी पूर्णत चिनियाँ होइनन् । उनी चाहन्थे जुन व्यवहार आफूमाथि भयो, त्यो अरुमाथि नहोस् ।’

ब्रुस लीको रोचक तथ्य

ब्रुस ली ५ फिट ८ इन्च अग्ला थिए । उनको तौल ६४ किलो थियो । यद्यपि उनमा अथाह तागत थियो । उनलाई इतिहासकै सबैभन्दा द्रूत व्यक्ति भनिन्छ ।

–ब्रुस लीले बदमासहरुसँग लड्नका लागि मार्सल आर्ट सिकेका थिए ।

–ब्रुस ली यति तीव्र थिए कि उनको दृश्यांकन गर्न क्यामेराबाट पनि गाह्रो हुन्थ्यो । त्यसैले उनको भिडियो श्लो मोशनमा देखाइन्थ्यो ।

–ब्रुस लीले सन् १९६२ मा आफ्ना प्रतिद्वन्द्वीलाई अन्तिम ११ सेकेन्डमा १५ मुक्का र एक लात मारेका थिए ।

–ब्रुस ली पानी रुचाउँदैनथे । उनलाई पौडिन पनि आउँदैनथ्यो ।

–ब्रुस लीले आफ्नो पूरा जीवनमा केवल एक पटक मात्र हार्नु पर्‍यो ।

–आफ्नो कमजोर आँखाको कारण ब्रुस ली त्यो पहिलो व्यक्ति बने, जसले सबैभन्दा पहिले कन्ट्याक्ट लेन्स प्रयोग गरे ।

–६० को दशकमा पनि ब्रुुस ली मार्सल आर्ट सिकाउनका लागि दुई सय पचास डलर शुल्क लिन्थे ।

–ब्रुस लीले कोकाकोलाको क्यानमा आफ्नो औला घुसाउन सक्थे । भनिहालौं, त्यसबेला कोकोकोलाको क्यान अहिलेको एल्मुनियमको क्यानभन्दा धेरै बाक्लो हुन्थ्यो ।

–विश्वकै सर्वाधिक चर्चित मार्सल आर्टिस्ट ब्रुस लीले केवल ७ वटा हलिउड फिल्म खेले । यसमा तीन वटा फिल्म उनको मृत्युपछि मात्र सार्वजनिक भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको ...
। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन । मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा ...
। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ । निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ...
। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् । सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् । पर्दामा ...
। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ । तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको ...