मुख्य समाचार
तीन वर्षपछि सुरू भयो सौराहामा हात्ती महोत्सव
तीन वर्षपछि सुरू भयो सौराहामा हात्ती महोत्सव

— पर्यटकीय क्षेत्र सौराहामा मंगलबारदेखि ‘१७ औं हात्ती तथा पर्यटन महोत्सव’ सुरू भएको छ । मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

शनिबार सकिने महोत्सवमा बुधबार हात्ती श्रृंगार प्रतियोगिता, बिहीबार राप्ती नदीमा डुंगा दौड प्रतियोगिता हुने छ । शुक्रबार हात्तीको वनभोज गर्ने कार्यक्रम तय गरिएको छ । बाघमारा मध्यवर्ती वनको चौरमा आयोजना हुँदै आएको महोत्सव यो पटक रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ ।

विदेशी पर्यटक कम हुने क्रिसमस र अंग्रेजी नयाँ वर्षको सिजनमा सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हाक्ती दौड कार्यत्रम सुरु भएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका हुन् । हात्ती दौड हात्तीको स्वभावभन्दा विपरितको कार्यक्रम भएको भन्दै पशु कल्याणको क्षेक्रमा त्रियाशील अधिकारकर्मीले प्रतिवाद गर्न थालेपछि गतिविधि परिमार्जन गरिँदै आएको हो ।


कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि सुरु भएको हो । यो पटक महोत्सवमा हात्तीका लागि सहज हुने गतिविधि मात्रै समावेश गरेको आयोजकले जनाएको छ ।

क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले आयोजना गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसियसन चितवन छन् । यसपटक हात्तीका खेल इलाफेण्ट फास्ट वाक, छावाको फुटबल र हात्ती पोलो भने नहुने आयोजकले जानकारी दिएका छन् ।

हात्ती श्रृंगार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल संघ चितवन सौराहाका सचिव महेश खनालले बताए । यसमा सात हात्ती सहभागी हुँदैछन् । हात्ती पिकनिकमा हात्तीलाई मनपर्ने खाना र फलफूल राखिने छ । ६० हात्ती लहरै उभिएर खाने छन् । ऊद्घाटन कार्यक्रममा ४० हात्तीको लस्कर सौराहा हुँदै कार्यत्रम स्थलसम्म आएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालमा वन्यजन्तु अवलोकन गर्ने पर्यटकको पहिलो रोजाइ हुने गरेको छ । सौराहा हुँदै अधिकांश पर्यटक निकुञ्ज छिर्ने गर्छन् । त्यसैगरी हात्ती चढेर जंगल घुम्ने पर्यटक सौराहामा खचाखच हुन्छन् ।

हान चितवन सौराहाका अध्यक्ष गंगा गिरी चितवनको पर्यटनको मुख्य आधार नै हात्ती भएको बताउँछन् । निकुञ्जमा गस्तीका लागि पनि हात्तीकाे प्रयोग हुन्छ । निकुञ्जको जंगलमा जंगली हात्तीका बथान पनि छन् । ‘हात्तीको महत्व, विशेषता बुझाउन र पर्यटकलाई मनोरञ्जन दिन पनि यो कार्यक्रम हुँदै आएको हो,’ अध्यक्ष गिरीले भने । सन् २००४ मा पहिलो पटक भएको हात्ती दौडलाई २०१० पछि हात्ती महोत्सवमा रुपान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...