मुख्य समाचार
ओस्कार विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता ली सुन-क्युन मृत भेटिए
ओस्कार विजयी फिल्म ‘प्यारासाइट’का अभिनेता ली सुन-क्युन मृत भेटिए

। ओस्कार विजेता फिल्म ‘प्यारासाइट’मा आफ्नो भूमिकाका लागि चर्चित दक्षिण कोरियाली अभिनेता ली सुन-क्युन मृत भेटिएका छन् । बुधबार बिहान उनी मृत भेटिएको दक्षिण कोरियाली प्रहरीले पुष्टि गरेको छ ।

४८ वर्षीय अभिनेता सियोलको एउटा पार्कमा कारमा अचेत अवस्थामा फेला परेका थिए । लीले आत्महत्या गरेका हुन् कि होइनन् भन्ने कुरा स्पष्ट छैन । तर प्रहरीले नोट लेखेर घर छाडेको जनाइएको छ । लागूऔषध सेवनको आरोपमा प्रहरीले उनीविरुद्ध अनुसन्धान गरिरहेको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार उनले सियोलको एक बारमा परिचारिकासँग गाँजा र केटामाइन जस्ता लागूपदार्थ सेवन गरेको शंका थियो । तर उनले आफूले लिएको कुरा अवैध लागूपदार्थ हो भन्ने कुरा थाहा नभएको बताएका थिए ।

ती परिचारिकाले प्रहरीसँगको बयानमा अभिनेताले उनको घरमा धेरैपटक लागूपदार्थ प्रयोग गरेको बताएकी थिइन् । तर उनको यो आरोपलाई अभिनेताले अस्वीकार गरेका छन् । उनले आफ्ना वकिलमार्फत झुट डिटेक्टर परीक्षण गराउन आग्रह गरेका थिए ।

उनको औषधि परीक्षणको नतिजा त्यतिबेला नेगेटिभ आएको जनाइएको छ । प्रहरीले अनुसन्धानका क्रममा लीको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । तर उक्त अनुसन्धान सहमतिमै गरिएको उक्त विवरणमा उल्लेख छ ।

उनको मृत्युको खबरले सामाजिक सञ्जाल तातेको छ । अभिनेता लीको एजेन्सी होडु र यू इन्टरटेनमेन्टले विज्ञप्तिमा मृत्युको खबरलाई लिएर अनुमानित गलत तथ्य नफैलाउन अनुरोध गरेको छ । एजेन्सीले लीको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

अभिनेत्री जिओन हे–जिनसँग विवाह गरेका र उनीसँग दुई जवान छोरा भएका अभिनेताको करिअर दुई दशकभन्दा बढी लामो थियो । उनले दर्जनौं फिल्म र टिभी कार्यक्रममा मुख्य भूमिका निर्वाह गरे । सन् २०१० देखि उनी दक्षिण कोरियामा चर्चित बने ।

उनी ‘प्यारासाइट’मा पार्क डोङ–इकको रूपमा अन्तर्राष्ट्रिय प्रसिद्धिमा पुगे । यो फिल्ममा उनलाई धनी पार्क परिवारका बुबा जसलाई असम्बन्धित व्यक्तिको रूपमा प्रस्तुत गरी गरीब परिवारका सदस्यहरूले घुसपैठ गरेको चरित्रमा देखाइएको छ ।

सो फिल्मले सन् २०२० मा ओस्कारमा सर्वश्रेष्ठ फिल्मसहित चार अवार्ड जित्यो । साथै, ओस्कारको मुख्य विधा जित्ने पहिलो गैरअंग्रेजी फिल्म समेत बन्यो । दक्षिण कोरियामा सेलिब्रिटीलाई उच्चस्तरको योग्यतामा राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...