। भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ ।
इजरायली राष्ट्रिय सुरक्षा परिषदले उक्त विष्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका गर्दै भारतमा रहेका आफ्ना नागरिकहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।
गएराति दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो । भारतीय समय अनुसार मंगलबार बेलुका पौने ६ बजेतिर विष्फोट भए पनि कोही पनि हताहती भएका छैनन् ।
इजरायली राष्ट्रिय सुरक्षा परिषदले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान भनेको छ । साथै रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन पनि भनेको छ । साथै सार्वजनिक स्थानहरुमा आफू इजरायली नागरिक भएको पहिचान नखुलाउन र सामाजिक सन्जालहरुमा आफ्नो यात्राबारे उल्लेख नगर्न पनि भनिएको छ ।