मुख्य समाचार
अत्यधिक कामको चापको विरोधमा जर्मनीका चिकित्सक आन्दोलित
अत्यधिक कामको चापको विरोधमा जर्मनीका चिकित्सक आन्दोलित

जर्मनीमा श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेका बेलामा योजनाबद्ध हडतालका कारण क्रिसमस र नयाँ वर्षको बीचमा हप्तामा जर्मनीका हजारौं चिकित्सकका कार्यालयहरू बन्द रहने भएका छन् ।

विरचोबन्ड एसोसिएसनका सङ्घीय अध्यक्ष डर्क हेनरिकले हडतालको घोषणा गर्दै भने, 'तपाईं जहाँ पनि हेर्नुहुन्छ, लगभग सबै चिकित्सकको अभ्यास अहिले अत्यधिक चापमा भएको छ ।'

विरचोबन्डले देशका सबै दर्ता भएका चिकित्सकहरूको हितको प्रतिनिधित्व गर्दछ ।

जर्मनीमा गत डिसेम्बरमा श्वासप्रश्वाससम्बन्धी रोगको लहर देखापरेको थियो, जसमा फ्लू र विशेष गरी ‘रेस्पिरेटरी सिन्साइटियल भाइरस (आरएसभी)’ का बिरामीको सङ्ख्या बढ्दै गएको थियो ।

सङ्क्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युट (आरकेआई) को तथ्याङ्कअनुसार देशमा हरेक १० जनामध्ये एक जना क्रिसमसअघि नै बिरामी परेका थिए ।

जर्मनीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । सङ्क्रमितमध्ये ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । आरकेआईको तथ्याङ्कअनुसार पछिल्लो ९० लाख भाइरल सङ्क्रमित तीनमध्ये एक जना सार्स–कोभ–२ को नयाँ प्रजातिका कारण भएको थियो ।

‘जर्मन फाउन्डेसन फर पेशेन्ट राइट्स’का अध्यक्ष युजेन ब्राइस्चले चिकित्सकहरूको हडतालले ‘विशेष गरी वृद्ध र कमजोर मानिसहरूलाई असर पारेको’ भन्दै आन्दोलनको आलोचना गर्दै भने 'धेरै मानिसहरू बिरामी भएको समयमा सेवाहरू बन्द गर्न आह्वान गरिएको छ भन्ने कुरा बुझ्नै नसकिने कुरा हो । तथापि, विरचोबन्डले ‘योजनावद्धरूपमा आएको न्यून वजेट’ ले चिकित्सा सेवामा विशेषज्ञहरूको अभावलाई बढाइरहेको छ ।'

पीडब्ल्यूसी (जर्मनी) ले हालै गरेको एक अध्ययनअनुसार सन् २०३५ सम्ममा देशमा दक्ष स्वास्थ्यकर्मीको अभाव बढेर १८ लाख पुग्ने छ । धेरैले आफ्नो जागिर परिवर्तन गर्न खोजिरहेका छन्, जबकि तीन मध्ये एक जना चिकित्सकले मात्र अवकाशसम्म यो पेशामा नै रहने अपेक्षा गरेका छन् ।

'चिकित्सा पेशाका मागहरू सर्व विदितै छन्, तिनीहरूलाई फेरि प्रस्तुत गर्न आवश्यक छैन,' स्वास्थ्य मन्त्री कार्ल लाउटरबाचले सार्वजनिक प्रसारक आरबीबीसँग भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...