मुख्य समाचार
इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु
इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु

— इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा मात्र २४१ को मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रको पछिल्लो विवरणबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार आक्रमणमा परि पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका छन् ।

द्वन्द्वग्रस्त क्षेत्र दक्षिण इजरायलको ओफाकिममा आइतबार सुरक्षामा खटिएका इजरायली सैनिक । तस्बिर : एपी


प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘गम्भीर अपराध’ भनेका छन् । बीबीसीकाअनुसार इजरायलका सेना प्रमुख हर्जी हालेवीले हमाससँगको द्वन्द्व "अझै धेरै महिना" जारी रहने बताएका छन्।


इजरायलले मंगलबार मध्य गाजाका १०० भन्दा बढी स्थानहरुमा आक्रमण गरेको थियो ।बधबार बिहान गाजापट्टीबाट ठूलो विस्फोटको आवाज सुनिएको थियो।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले तुल्कारेमको नुर शाम्स शरणार्थी शिविरमा रातभरी इजरायली ड्रोन हमला भएको थियो । उक्त हमलामा ६ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

मन्त्रालयकाअनुसार ११ हप्ताभन्दा बढीको लडाइँमा कम्तीमा २० हजार ९ सय १५ प्यालेस्टाइनी मारिएका छन् । जसमा अधिकांश बालबालिका र महिला छन्।


हमासले इजरायल आक्रमण सुरु गरेपछि गत अक्टोबर ७ मा युद्ध सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...