रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात
रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताएका छन्।


राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।


'हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ । यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,' नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भने ।


यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ । रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ ।

यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् । मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।

नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताए। नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गरेका छन्।

नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ ।

नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताएका छन्। 'विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...