मुख्य समाचार
मानव तस्करीलाई जोडेर स्पेनिस मिडियामा नेपालको चर्चा
मानव तस्करीलाई जोडेर स्पेनिस मिडियामा नेपालको चर्चा

। मानवतस्करीलाई जोडेर स्पेनिस मिडियामा नेपालको चर्चा भएको छ। डिसेम्बर २६ मा स्पेनका मिडियाहरुले गैरकानुनी रूपमा नेपाली आप्रवासी ओसारपसार गर्ने आपराधिक गिरोहलाई स्पेनको प्रहरीले प्रकाउ गरेको समाचार लेखेका छन् ।

स्पेनको लोकप्रिय पत्रिका ‘एल पाइसले’ ‘गैरकानुनी रूपमा ८३ नेपाली आप्रवासी ओसारपसार गर्ने आपराधिक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि उक्त गिरोहले भारत, थाइल्यान्ड र रुस हुँदै ३ सय नेपाली ओसारपसार गरेको अनुमान छ भनी समाचारमा लेखेको छ।

स्पेनका अधिकारीहरूलाई उद्धृत गर्दै म्याड्रिड र लस पाल्मासमा गरिएको प्रहरी अपरेसनमा ९ जना प्रकाउ परेको पनि उल्लेख छ। तर उनीहरुको पहिचान भने गोप्य राखिएको छ। गिरोहले नक्कली कागजात प्रयोग गरी सेन्जेन भिसा प्राप्त गर्न र अवैध रूपमा स्पेन र सेन्जेन क्षेत्रमा प्रवेश गर्न मद्दत गरेका थिए।

उक्त कामका लागि १५ हजार युरोसम्म लिने गरेको खुल्न आएको छ। तिनीहरूमध्ये धेरै भारत हुँदै सेन्जेन क्षेत्रमा प्रवेश गर्ने गरेको खुलासा भएको छ। स्पेनका अधिकारीहरुका अनुसार युरोप छिरेपछि अधिकांशको अन्तिम गन्तब्य भने स्पेन नै रहेको थियो।

यो नेटवर्कले नेपाली आप्रवासीहरूलाई स्पेनिस राहदानीका लागि आवस्यक पर्ने परीक्षा उत्तीर्ण गर्न मद्दत गरेको तथ्य प्रहरीले फेला पारेको छ। आपराधिक नेटवर्कले आप्रवासीहरूलाई स्पेनिस राहदानी प्राप्त गर्न दिनुपर्ने परीक्षा पास गर्न पनि मद्दत गर्थ्यो । त्यसका लागि ५ हजार युरो लिने गरेको खुल्न आएको छ।

प्रहरीले म्याड्रिडमा दुई घरहरू अपरेसनबाट ७ हजार ९ सय ५५ युरो नगद विभिन्न इलेक्ट्रोनिक उपकरणहरू, कम्प्युटरहरू, र अन्य सान्दर्भिक कागजातहरू जफत गरेको प्रेस नोट सार्वजनिक गरेको छ।

आपराधिक गतिविधिमा संग्लनहरुको पहिचान भने प्रहरीले गोप्य राखेको छ। आपराधिक नेटवर्कमा संग्लग्न भन्दै नेपालीको नाम जोडिएको स्पेनमा यो पहिलो घटना हो। मानवतस्करीलाई लिएर स्पेनको मिडियामा चर्चा मात्रै होइन ‘एल पाइसका’ अनुसार प्रहरी अपरेसनको नाम नै ‘एभरेष्ट अपरेसन’ राखिएको छ।

घटनाबारे राजदूतावास के भन्छ ?

गैर कानुनी काममा संग्लग्न रहेको आशंकामा ८-९ जना नेपालीहरुलाई प्रहरीले सोधपुछ जारी राखेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनमा लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले झन्डै एक महिना पहिला केही नेपालीहरुलाई प्रहरीले हिरासतमा राखेको बताइन् ।

‘अहिले पनि नेपालीहरु अझै प्रहरी हिरासतमा नै हुनुहुन्छ भन्ने जानकारी दूतावासमा छैन। तर एक महिना पहिले केही नेपालीहरुलाई प्रहरीले ३-४ दिन जति हिरासतमा नै राखेर अनुसन्धान गरेको थियो। अहिले उहाँहरु बाहिर हुनुहुन्छ। तर अनुसन्धान चलिरहेको बुझ्नमा आएको छ’, उनले भनिन् ।

उनले गैर कानुनी काममा संग्लन रहेको विषयलाई लिएर नै सोधपुछ भएको हुनसक्ने बताइन् । ‘गैर कानुनि कामका लागि हामीले प्रोत्साहन गर्नुहुँदैन। स्पेन सरकारलाई अनुसन्धानका लागि हामी सहयोग गर्न तत्पर छौं। तर यो घटनालाई लिएर स्पेनी अधिकारीहरुले हामीसँग कागजात मागेको वा सहयोग मागेको केही पनि छैन’, राजदूत पराजुलीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...