मेइन राज्यमा पनि ट्रम्प निर्वाचन लड्न अयोग्य घोषित
मेइन राज्यमा पनि ट्रम्प निर्वाचन लड्न अयोग्य घोषित

। अमेरिकाको उत्तरपूर्वी राज्य मेइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा सहभागी हुन नसक्ने फैसला गरेका छन्।

सन् २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पले खेलेको भूमिकाले ‘संवैधानिक विद्रोह’ को प्रावधान आकर्षित हुने उल्लेख गर्दै राज्यकी सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा भाग लिन नसक्ने फैसला गरेका हुन्।

यो फैसलासँगै ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न मेइन राज्यमा हुने प्राइमरी निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

यसअघि कोलोराडो राज्यले पनि ट्रम्पलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि ट्रम्प यी दुई राज्यको निर्णयलाई चुनौती दिन अदालत जान सक्छन् ।

३४ पृष्ठको निर्णयमा बेलोजले अमेरिकी संविधानको १४औँ संशोधनका कारण ट्रम्पलाई मैइनको मतपत्रबाट हटाउनुपर्ने उल्लेख गरेकी छन् । यो संशोधन अनुसार ‘विद्रोह वा विद्रोहमा संलग्न’ कुनै पनि व्यक्ति पदमा बस्न योग्य हुँदैन ।

‘ट्रम्पले आफ्ना समर्थकहरूलाई उत्तेजित गर्न र उनीहरूलाई क्यापिटल हिलमा दंगा मच्चाउनका लागि चुनावी धाँधलीको गलत भाष्य प्रयोग गरे’, उनले आफ्नो आदेशमा भनेकी छन् ।

बेलोजले आफ्नो राज्यमा चुनावी कानुनलाई कायम राख्नु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छिन्, ‘मलाई आशा छ कि सर्वोच्च अदालतले यस मुद्दालाई राष्ट्रव्यापी रूपमा समाधान गर्नेछ ।’

बीबीसीका अनुसार यो निर्णयमा ट्रम्प अभियानका प्रवक्ता स्टीभन चेउङले आपत्ति जनाएका छन् ।

यसअघि मिशिगन र मिनेसोटा राज्यका अदालतले भने ट्रम्पलाई चुनावमा भाग लिनबाट रोक्ने प्रयास अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...