मुख्य समाचार
बलात्कार अभियोगमा क्रिकेटर लामिछाने दोषी ठहर
बलात्कार अभियोगमा क्रिकेटर लामिछाने दोषी ठहर

: क्रिकेटर सन्दीप लामिछाने जबर्जस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो।


अदालतले घटना भएको बेला पीडित ‘गौशाला २६’ भने बालिग भएको ठहर गरेको छ। पुस ८ गतेदेखि लगातार भएको बहसपछि न्यायाधीश ढकालले फैसला गरेका हुन्। फैसलाको पूर्ण पाठ आउन बाँकी छ। दोषी ठहर भएका लामिछानेलाई सजाय निर्धारणको लागि पुस २५ गते पेसी तोकिने अदालतले जनाएको छ।


नौ जनाले गरेको घटना विवरण कागज, बकपत्रलगायत सीसीटीभी फुटेजलाई समेत आधार लिँदै दोषी ठहर गरिएको आदेशमा जनाइएको छ। २०७९ भदौ ५ गते लामिछाने र पीडित काठमाडौंबाट नगरकोट गई पुनः काठमाडौं आई एउटै कोठामा बसेका थिए। ‘राति एउटै कोठामा बसेको देखिन्छ। सो कुरा वादी/प्रतिवादीको विवाद रहेको समेत देखिँदैन।


गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रमसमेतलाई विचार गर्दा करणी भएको देखियो,’ आदेशमा भनिएको छ, ‘सन्दीपले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (१),(२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ।’ मुलुकी अपराध संहितामा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरको महिला भए ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।

नाजुक अवस्थाको लाभ लिएर करणी

अदालतले पीडितको उमेर १८ वर्ष पुगिसकेको समेत ठहर गरेको छ। त्यस्तै पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाएर करणी गरेको अदालतको ठहर छ। ‘नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएको’ आदेशमा उल्लेख छ। दोषी ठहर भएका लामिछानेलाई ७ देखि १० वर्षको जेल सजाय हुन सक्छ। शुक्रबार सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। सोही क्रममा पीडितले पनि घटना विवरणसहित आफ्ना कुराहरू राखेकी थिइन्।

२३ वर्षमै खेल जीवनमा धक्का
दोषी ठहर भएका सन्दीप २३ वर्षका छन्। स्याङ्जामा जन्मेका सन्दीप १९ वर्षमुनिको (यू १९)को टोलीमा छनोट भई व्यावसायिक रूपमा क्रिकेट खेल्न थालेका थिए।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो। भदौ ५ गते तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। भदौ २२ गत उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ २३ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। आफूविरुद्धको जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए। स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीप उच्च अदालत पाटन पुगेका थिए।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीबाट निलम्बन गरेको बेला उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। २०७९ पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र धु्रवराज नन्दको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको थियो। उच्च अदालतको आदेशपछि क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको थियो। तर, विदेश जान भने रोक लगाएको थियो।

सन्दीपले लिग टुकोलागि विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। २०७९ फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै ससर्त विदेश जाने अनुमति दिएको थियो। सन्दीपले ५१ एकदिवसीय खेलमा १ सय १२ विकेट लिएका छन्। उनको नाममा ओडीआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान पनि छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...