मुख्य समाचार
प्रिमियर लिगको उपाधि दौड : आर्सन हार्दा म्यान सिटी र लिभरपुललाई फाइदा
प्रिमियर लिगको उपाधि दौड : आर्सन हार्दा म्यान सिटी र लिभरपुललाई फाइदा

। प्रिमियर लिगको उपाधि दौडमा अर्को ट्वीस्ट थपिएको छ ।

अक्टोबरमा नयाँ म्यानेजर अन्गे पोस्टकोग्लुको अन्डरमा टोटनहमले उत्कृष्ट प्रदर्शन गर्दै टेबलको टपमा थियो ।

त्यसपछि नोभेम्बरमा म्यानचेष्टर सिटी अगाडि पुग्यो । तर पछिल्लो ६ खेलमा जम्मा १ खेल मात्र जितेको सिटी मिनी क्राइसिसमा देखिएको छ ।

अहिले आर्सनल वेष्टहमसँग पराजित भयो र गनरर्सले शीर्ष स्थानमा फर्कने अवसर गुमायो ।

यसले के देखाउँछ भने कुनै पनि टोली शीखरमा बसेर त्यसलाई सम्हाल्न सक्ने हेसियतमा देखिएनन् ।

लिभरपुल ४२ अंकसहित शीर्ष स्थानमा छ ।

बिहीबार ब्राइटनसँग ४-२ ले पराजित भएको टोटनहम पाँचौ स्थानमा छ । तर लिभरपुल भन्दा टोटनहम जम्मा ६ अंकले मात्र पछि छ ।

यसअघि लिगमा १९९२-९३ र १९९६-९६ मा गरी जम्मा दुई पटक मात्र शीर्ष टोली र पाँचौ स्थानमा रहेको टोलीबीच २८ डिसेम्बरमा कम अंकको अन्तरको थियो । त्यसो भए के हामी क्लासिक ट्राइटल रेस सेट गरिरहेका छौं ?

‘मेरो विचारमा यो सिजन अहिलेसम्म सानदार भएको छ र अंक गुमाउने क्रम जारी भए अझ लम्बिनेछ’, लिभरपुलका पूर्व डिफेण्डर जेमी क्यारेगारले सामाजिक सञ्जालमा एक्समा भनेका छन् ।

यस सिजन लिगमा अनप्रेडिक्टेबल बनिरहेको छ । म महिनामा कसले लिग उपाधि जित्ला भनेर आर्सनलका लेजेण्ड थियरी हेनरीलाई सोधिएको थियो । उनको जवाफ थियो, ‘म सँग फेब्रुअरीमा कुरा गर्नुस ।’

‘जब हामी (आर्सनल) क्रिसमसमा टेबलको टपमा हुन्छौं, हामीले प्राय लिग गुमाएका छौं । त्यसैले म खुशी छु कि अहिले टपमा छैनौं,’ उनले अम्याजन प्राइमसँग भने, ‘म प्राय फेस्टिल पछि मेरो प्रेडिक्सन गर्छु ।’

आर्सनलका लागि ‘डेजा भु’

न्यूक्यासलमा पूर्व स्ट्राइकर एलान सियररको शब्द सापटी लिने हो भने जब टोमस साउसेकले एमिरेट्स स्टेडियममा १३औं मिनेटमै जारोड बोवनको कटब्याकलाई गोलमा परिणत गर्दै अग्रता दिलाए यो आर्सनलका लागि ‘डेजा भु’ जस्तै भयो ।

यो गोलको विषयमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उपलब्ध फुटेजबाट बल बाहिर गएको थियो कि थिएन भनेर लामो समय रिभ्यु गरेको थियो । तर अन फिल्ड रेफ्री माइकल ओलिभरको निर्णय उल्टाउन भीएआरले कुनै निश्चित जवाफ भेटेन ।

‘त्यहाँ कुनै निर्णायक प्रमाण भएन । मलाई लाग्दैन कि त्यो गोललाई अस्वीकार गरिनुपर्छ,’ सियररले भने ।

आर्सनलको लागि यो परिचित कथा हो । गत महिना सेन्ट जेम्स पार्कमा न्यूक्यासल विरुद्ध त्यस्तै विवादित गोलमा आर्सनल १-० ले पराजित भएको थियो ।

त्यस कारण आर्सनलका म्यानेजर मिकेल आर्टेटाले भीएआरको निर्णयलाई नै ‘लाजमर्दो’ र ‘अपमान’ भनेका थिए ।

वेष्टह्यामसँग हारेपछि आर्टेटाले भने, ‘यो जे छ त्यही हो । हामीसँग अहिलेको अवस्थामा भएको प्रविधि नै क्लियर छैन कि बल आउट हो कि होइन भनेर ।’

यद्यपि प्रिमियर लिगको टाइटल रेस थोरै मार्जिनले छुट्याएको छ र यसले निराशा बढाउँछ ।

गत सिजन च्याम्पियन सिटी भन्दा आर्सनलले ५ अंक पछि रहेर लिग सकाएको थियो । यस सिजनको टाइट भीएआर निर्णयले आर्सनलले सम्भावित ६ अंक गुमाइसकेको छ ।

‘यो दोस्रो पटक भएको हो न्यूकासलसँग अवे खेलपछि,’ आर्सनलका पूर्व स्ट्राइकर हेनरीले भने ।

थियरी हेनरीले रेफ्रीलाई बल बाहिर गएको हो भनेर थाहा दिनका लागि सहयोग गर्न बल माथि क्यामेरा राख्नुपर्ने बताए । २०२४ मा आइपुग्दा माथिबाट देखाउने क्यामेरा नभएको र त्यसले गर्दा देख्न असम्भव हुने बताए ।

प्रिमियर लिगका पूर्व रेफ्री मार्क क्याटलवर्गले पनि वेष्टहमको गोल दिनुलाई अफिसियल सही भएको बताए । र मुख्य प्रतियोगिताहरुमा जस्तै प्रिमियर लिगले पनि बलमा चिप प्रयोग गर्नुपर्ने सुझाव दिए ।

हामीले गोल अघि सुधार गर्नुपर्छ

तर आर्सनलले धेरै गुनासो गर्ने ठाउँ पनि छैन । किनभने वेष्टहम विरुद्ध आर्सनलले गोल गर्नका लागि धेरै अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

उनीहरुले ३० सटलाई कन्भर्ट गर्न सकेनन् । विपक्षीको बक्समा आर्सनलले ७७ टच गरेपछि स्कोर गर्न सकेन । २००८-०९ पछि प्रिमियर लिगमा यति धेरै टच गरेर पनि गोल गर्न नसक्ने यो कीर्तिमान हो ।

आर्टेटाका खेलाडीले यस सिजन उपाधि होडमा रहेका लिभरपुल, एस्टन भिल्ला र म्यान सिटी भन्दा थोरै गोल गरेका छन् । उनीहरुका टप स्कोरर बुकायो साकाले जम्मा ५ गोल गरेका छन् ।

अर्कोतिर म्यान सिटीका एर्लिङ हालान्डले १४ गोल गरिसकेका छन् । लिभरपुलका मोहमद सालाहले १२ तथा बोवनले ११ गोल गरेका छन् । जुन वेष्टहम विरुद्ध खेलेका आर्सनलको तीन फरवार्डको संयुक्त जोड्दा भन्दा बढी हो ।

‘हामीले १०० मिनेट डोमिनेट गर्‍यौँ । हामीले ठूलो अवसरमा पाउँदा बक्समा हाम्रो खेलाडी पूरा फ्रि थिए,’ आर्टेटाले भने ।

आर्सनलका कप्तान मार्टिन ओडेगार्डले थपे, ‘यो त्यस्तो रात मध्ये एक हो जहाँ हामीले केही गोल गर्न पर्याप्त हुने खालका धेरै अवसर पायौँ तर बक्स भने पर्याप्त भएन’, उनले भने, ‘यो खेलाडीले स्कोर नगर्नु मात्र होइन । हामीले गोलको अगाडि सुधार गर्नुपर्छ र त्यो गर्नका लागि यसमा सबै टिम लाग्नुपर्छ ।’

यो ठूलो ‘वेक अफ कल’ हो

टोटनहम शीर्ष स्थान भन्दा जम्मा ६ अंकले पछि छ । च्याम्पियन्स लिगमा स्थान बनाउने स्थान भन्दा १ अंकले तल छ । दुई महिना अघि उनीहरु सुरुवाती १० खेलबाट २६ अंकसहित सानदार उडान भर्दै थिए ।

त्यो भन्दा केही अघि आएपछि ९ खेलमा उनीहरुले जम्मा १० अंक मात्र जोड्न सकेन ।

प्लेमेकर जेम्स म्याडिसन र सेन्टर ब्याक मिक्की भान भेनको चोट निर्णायक बनिरहेको छ । यस्तै वाइभेस बिसोउमा, क्रिस्टियन रोमेरो र डेस्टिनी उडोगीको निलम्बन पनि महत्वपूर्ण बन्दैछ ।

‘आज हामी थकित टिम थियौं भन्न ठिक हुन्छ’, पोस्टकोग्लोउले ब्राइटनसँग हारपछि बीबीसी म्याच अफ दि डेसँग भने ।

जनवरीमा एसियन कपका लागि दक्षिण कोरियाको टिममा सामेल हुन लागेका टोटनहमका कप्तान सन हेउन मिन पनि धेरै निराश छन् । उनले प्रिमियर लिग प्रोडक्सनसँग भने, ‘हामीले खेल्न खोजेको स्तर भन्दा यो प्रदर्शन कतै पनि नजिक छैन’, सनले भने, ‘यो हाम्रो लागि ठूलो ‘वेक अफ कल’ हो ।’

अम्याजन प्राइममा काम गर्ने ब्राइटन र क्रिस्टल प्यालेसमा पूर्व स्ट्राइकर ग्लेन मुरेले चोट र टिममा गहिराई नहुनुले टोटनहमलाई असर गरिरहेको बताए ।

तथ्याङ्कले भन्छ – म्यान सिटी अझै उपाधि फेभरेट छ

पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटी लगातार चार पटक प्रिमियर लिग उपाधि जित्ने पहिलो क्लब बन्ने लक्ष्यमा छ ।

लिगको सेकेण्ड हाफमा बलियो भएर आउने सिटीको ट्रयाक रेकर्ड छ । र अप्टाको अनुसार हाल चौथो स्थानमा भए पनि सिटी उपाधि जित्नका लागि ५५.३ प्रतिशत फेभरेट छ ।

लिभरपुल २६.७ प्रतिशतसहित दोस्रो र आर्सनल १५.४ प्रतिशतसहित तेस्रोमा छ ।

अप्टाले एस्टन भिल्ललाई जम्मा २.२ प्रतिशत दिएको छ भने टोटनहमको जम्मा ०.३ प्रतिशत सम्भावना छ । यस्तोमा तपाईँलाई कसले लिग जित्ला जस्तो लाग्छ ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...