मुख्य समाचार
मैले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा छ : मन्त्री महत
मैले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा छ : मन्त्री महत

— नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा 'मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशा'बारे प्रतिवेदन पेस गर्दै मन्त्री महतले आफूले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरे ।

'मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशत पुगेको अवस्थामा मैले कार्यभार सम्हालेको हुँ,' बैठकमा मन्त्री महतले भने, 'चालु आर्थिक वर्षमा एशियाली विकास बैंकको प्रक्षेपण अनुसार पनि ४.३ रहने अनुमान छ । हाम्रो लक्ष्य ६ प्रतिशतसम्म पुर्‍याउने भन्ने हो ।'


मन्त्री महतले आफूले कार्यभार सम्हालेपछि राजस्व वृद्धि भएको र राजस्व परिचालनमा देखिएको शिथिलता सुधारोन्मुख भएर गएको दाबी गरे । 'मैले कार्यभार सम्हालेको ९ महिनाको अवधिमा अधिकांश परिसूचकहरु सुधारोन्मुख रहेका छन् । यसकारण अर्थतन्त्रमा देखिएको शिथिलता कम हुँदै गएको छ,' मन्त्री महतले भने, 'आगामी दिनमा यो थप सुध्रिएर जान्छ, र त्यसका लागि मसँग प्रस्ट योजना छ ।'

मन्त्री महतले स्रोत व्यवस्थापनमा देखिएको दबाव न्यून हुँदै गइरहेको र बाह्य क्षेत्र सन्तुलन कायम रहेकाले यसबाट आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने आशाको सञ्चार गर्ने बताए ।

मन्त्री महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्रलाई चलायमान बनाउन एक सय रुपैयाँ कम्पनी खोल्न पाउने व्यवस्था गरेको, पुँजीगत खर्चको प्रभावकारिता बढाउन पहल गरेको, मौद्रिक नीति लचिलो पार्दै लागिएको, जग्गाको कित्ताकाट फुकुवा गरिएको र उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको जानकारी गराए ।


मन्त्री महतले बैठकमा आफ्नो आगामी कार्ययोजनासमेत प्रस्तुत गरेका छन् । अल्पकालमा सरकार र निजी क्षेत्रबीच उच्च स्तरको समन्वय गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उत्पादन, उपभोग र लगानीमा प्रतिविम्बित गराउने उनको योजना छ ।

उनले सरकारको खर्चमा मितव्ययिता कायम गर्ने, भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र पुनर्संरचनामा जोड दिने, युवाहरुका लागि स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्ने लगायत योजना सुनाए ।

त्यस्तै, सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी थालेको समेत जानकारी गराए । मन्त्री महतले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सार्वजनिक वित्त सुधार गर्ने, मौद्रिक र वित्तीय क्षेत्रमा सुधार गर्ने लगायत कार्ययोजना समेत पेश गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...